एमसीसीको विषयलाई लिएर अमेरिकी राजदूतले गरे यस्तो ट्वीट

काठमाडौं । एमसीसीको विषयलाई लिएर नेपालका लागि अमेरिकी राजदूत ¥याडी बेरीले ट्वीट गरेका छन् ।
एमसीसीको विषयलाई लिएर अमेरिका खुला बहसको समर्थक रहेको उनले बताएका छन् । अमेरिकाले कहिले पनि हिंसा वा हिंसा भड्काउने किसिमका विचार स्वीकार नगर्ने उनले बताएका हुन् ।

शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स