अबको १ वर्षमा १० प्रतिशत मूल्य वृद्धि हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार अबको १ वर्षमा १० प्रतिशतले मूल्य वृद्धि हुनेछ । राष्ट्र बैंकले गरेको ‘मुद्रास्फीति अपेक्ष सर्वेक्षण’ अनुसार अबको १ वर्षमा १० प्रतिशतसम्मले मूल्य वृद्धि हुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठका अनुसार अबको ३ महिनामा मूल्य वृद्धि ८ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुने सर्वेक्षणमा सभागीको देखिएको छ ।

मूल्य वृद्धि कति हुन्छ भनेर जनतासँग सर्भे गरिएको हो । राष्ट्र बैंकको नीतिगत सीमीक्षालाई सघाउ गर्न सर्भे गरिएको हो ।
राष्ट्र बैंकले पुस २१ गतेदेखि पुस २७ गतेसम्म १४ सहरको १७ बजार क्षेत्रमा उक्त सर्भे गरेको थियो । सर्भेमा ७२० जना सँग प्रश्न सोधिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स