आन्तरिक राजस्व विभागका महानिर्देशक पौडेलको सरुवा, मन्त्रालयमा आए ४ नयाँ सहसचिव

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलको सरुवा भएको छ । पौडेल अर्थ मातहतबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतमा सरुवा भएको हो ।

पौडेल नेपाल धितोपत्र बोर्डको सञ्चालक हुँदा अख्तियारीको व्यापक दुरुपयोग गरेका थिए । बोर्डको अध्यक्ष नहुँदा सार्वजनिक निष्काशनका अख्तियारी पाएका उनले आफैं सञ्चालक भएको अर्को कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएका थिए ।

पौडेललाई अर्थ मातहतबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको हो ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्यणबाट उनलाई अर्थबाट संघीयमा सारिएको हो ।

पौडेल सरूवा हुँदा अर्थ मातहत ४ नयाँ सहसचिव आएका छन् । प्रधानमनत्री कार्यालयमा रहेका टंकप्रसाद पाण्डे, गृहका राजेश्वर ज्ञवाली, प्रदेश नं. १ को लोकसेवा आयोगका यज्ञराज कोइराला र सुदुरपश्चिमको मुख्यमन्त्रीको कार्यकालयमा रहेका ढुण्डी प्रसाद निरौला अर्थमा आएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स