माघमै पुँजीगत खर्चको परिमाण माग गर्दा मर्का पर्योः अर्थसचिव मरासिनी

काठमाडौं । माघ महिनामै पुँजीगत खर्चको परिमाण माग गर्दा अर्थमन्त्रालय मर्कामा परेको अर्थसचिव मघुकुमार मरासिनीले बताएका छन् । अर्थमन्त्रालयमा आज (बिहीबार) आयोजित चालु बजेटको अर्धवार्षिक समीक्षाका क्रममा अर्थसचिव मरासिनीले माघमै पुँजीगत खर्चको परिमाण माग गर्दा मर्कामा परेको बताएका हुन् ।

‘पुँजीगत खर्च गर्न नसक्नु हाम्रो पनि कमजोरी होलान् । माघमै पुँजीगत खर्चको परिमाण माग गर्दा मर्का परेको छ,’ मरासिनीले भने, ‘पुँजीगत खर्च गर्ने निश्चित प्रक्रिया हुन्छ । ठेक्का पट्टा प्रवाह भइरहेको छ ।’ यसले पुँजीगत खर्च बढाउने उनको दावी छ ।

सरकारले लक्ष्य अनुसारको पुँजीगत खर्च बढाउने सम्भावना देखेर अर्धवार्षिक समीक्षा मार्फत् पुँजीगत खर्चका लागि विनियोजित बजेट संशोधन गरेको छ । चालु बजेटबाट पुँजीगत खर्च ३८ अर्ब ६५ करोड रुपैयाँ कटौती गरेको छ । चालु आवको बजेटमा ३ खर्ब ७८ अर्ब ९ करोड बजेट विनियोजन भएको थियो । अर्धवार्षिक समीक्ष मार्फत् पुँजीगत खर्च ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँमा झारिएको छ ।

उक्त संशोधित बजेटको पनि सरकारले ९० प्रतिशत मात्र खर्च गर्ने लक्ष्य लिएको छ । अबको बाँकी ५ महिनामा विकास निर्माण सम्बन्धी काम द्रुत गतिमा अघि बढ्ने दावी गर्दै उनले संशोधित लक्ष्य हासिल हुने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स