प्रत्येक नेपालीको थाप्लोमा ६० हजार ऋण

काठमाडौं । एक नेपालीको थाप्लोमा ५९ हजार १३५ रुपैयाँ ऋण पुगेको छ । अर्थ मन्त्रालयले आज बजेटको अर्धवार्षिक समीक्षा गर्दै प्रत्येक नेपालीको थाप्लोमा करिब ६० हजार कर्जा पुगेको तथयांक सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको यो अवधिसम्म नेपाल सरकारले ७ खर्ब ७७ अर्ब ३० करोड आन्तरिक ऋण लिएको छ भने ९ खर्ब ४८ अर्ब ९८ करोड ८३ लाख वाह्य ऋण लिएको छ । सरकारले लिएको सो ऋणलाई नेपाल कुल जनसंख्याले भाग गर्दा प्रत्येक नेपालीको टाउकोमा सो ऋणको भार परेको हो ।

आन्तरिक ऋणतर्फ सरकारले विकास ऋणपत्रबाट ५ अर्ब १३ अर्ब ९४ करोड ७० लाख रुपैयाँ ऋण लिएको छ भने नागरिक वचतपत्रमा ६ अर्ब ५९ अर्ब ५९ करोड र ट्रेजरी विलमार्फत १८ करोड ५७ लाख र वैदेशिक रोजगार पत्रमार्फत २ खर्ब ५६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

त्यसरी नै वैदेशिक ऋणमा ठूलो परिमाणमा बहुपक्षीय र सानोमात्रमा द्विपक्षीय ऋणको मात्रा रहेको छ । सरकारले लिएको वैदेशिक ऋणमा ८ खर्ब ३० अर्ब ६४ करोड ८४ लाख बहुपक्षीय ऋण हो भने १ खर्ब १८ अर्ब ३३ करोड आन्तरिक द्विपक्षीय ऋण हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स