चुनाव खर्च ५० अर्ब

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षामा अर्थमन्त्री शर्माले चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग रहेको बताएका हुन् ।

चालु आवमा चुनावका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो । निर्वाचन सम्पन्न गर्नका लागि सरकारलाई थप ४० अर्ब रुपैयाँ आवश्यक पर्ने देखिन्छ । सरकारले स्थानीय तहको निर्वाचन जेष्ठ ३० गते गर्ने घोषणा गरेको छ ।

सरकारले निर्वाचनका लागि सुरक्षा व्यवस्थापन र निर्वाचनको तयारीका लागि खर्च गर्नु पर्ने हुन्छ ।

स्थानीय तहको निर्वाचनमा हुने खर्चले एक प्रतिशत आर्थिक वृद्धि गर्न सहयोग पुर्याउने पनि उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स