काठमाडौं । क्रिप्टो, हइपर फण्ड, अनलाइन गेमिङलगायतका अवैध कारोबार चुनौती रुपमा आएको अर्थमन्त्री जनार्दन शर्माले बताए । अर्थमन्त्रालमा बिहीबार आयोजित बजेटको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री शर्माले प्रविधिको प्रयोग भइरहेको क्रिप्टो, हइपर फण्ड, अनलाइन गेमिङलगायतका अवैध कारोबार चुनौती रुपमा आएको बताएका हुन् ।
यस्ता कारोबारको प्रभावकारी निययमन र अनुगमन गरी वैदेशिक मुद्रा विचलन हुनबाट रोक्न कडाई गरिने उनले बताए ।
‘प्रविधिको विकाससँगै यसको दुरुपयोग पनि भइरहेको छ । क्रिप्टो, हइपर फण्ड, अनलाइन गेमिङ ऐन, कानुन विपरितका छन्,’ अर्थमन्त्री शर्माले भने, ‘यसलाई नियन्त्रण गर्न प्राविधिक क्षमता पनि विकास गर्न आवश्यक छ ।’ गटेवेहरुलाई मजुबुत बनाउन अर्थमन्त्रालय लागि परेको उनले दावी गरे ।
यसका लागि आवश्यक कानुन तथा नीति निर्माण गर्न विभिन्न उपसमितिहरु गठन भएका छन् ।