राजस्व छली प्रकरणमा पक्राउ परेका बिइङ ह्यूमनका संचालकलाई औषधि व्यवस्था विभागमा बुझाइयो

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली प्रकरणमा समातिएका दरबारमार्गमा रहेको क्लोदिङ स्टोर बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेलको राजस्व छली सम्वन्धि अनुसन्धान सकेर औषधि व्यवस्था विभागलाई बुझाएको छ ।

विभागले राजस्व छली सम्वन्धि अनुसन्धान सकेर १ करोड ६५ लाख रुपैयाँ धरौटी राख्न लगाई लागू औषधीको कारोबारमा अनुसन्धान गर्न औषधि व्यवस्था विभागलाई बुझाएको हो । औषधि व्यवस्थापन विभागले अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको विभागका प्रवक्ता सन्तोष केसीले बताए । बख्रेलको बयान समेत भइसकेको छ । बयानमा कारोबार स्विकार गरे पनि नगरे पनि उनी औषधि कारोबारमा संलग्न भएका यथेष्ट प्रमाण रहेको जनाइएको छ । विभागले २४ दिनसम्म अदालतबाट म्याद थप गरेर बख्रेल माथि अनुसन्धान गर्न पाउनेछ ।

लागु औषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागले गरेको संयुक्त अपरेसनमा माघ १३ र १४ गते पाँच जनालाई नियन्त्रणमा लिई गरेकोे अनुसन्धानमा ‘ट्रामाडोल’ को कारोबारमा बख्रेलको संलग्नता रहेको खुलेको छ । ट्रामाडोल सुत्केरी हुँदा प्रयोग हुने निषेधित औषधि हो ।

महानगरीय अपराध महाशाखाको टोलीले नयाँ बजार खुसिबुँको एक घरमा छापा मार्दा राजश्व छली गरेर ल्याएका मदिरा सहित बख्रेललाई पक्राउ गरेको थियो । उनले रक्सीमा मात्र होइन म्याद गुज्रिएको औषधिमा समेत रिलेबलिङ गर्ने गरेको खुलेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स