अर्थतन्त्र चलायमान राख्न अर्थ मन्त्रालयले गर्यो निजी क्षेत्रसँग छलफल

काठमाडौं । कोभिड १९ को महामारीको तेस्रो लहर फैलिएसँगै यसले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित जोखिमबारे अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्मा तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकार तत्काल आर्थिक गतिविधिमा प्रतिवन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेका थिए ।

अर्थ मन्त्रालयले कोभिड–१९बाट बच्दै अर्थतन्त्र चलायमान बनिरहनु पर्नेमा जोड दिउको छ । मन्त्रालयले निजी क्षेत्रलाई आफ्नो धारणा जानकारी गराएको हो ।

बैठकमा निजी क्षेत्रको विभिन्न पेश व्यवसायमा प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधिलाई बोलाएर समस्याबारे टिपोट गर्ने काम भएको छ । यसले तत्काल रहेका समस्या समाधान गर्न र आगामी दिनमा चाल्नु पर्ने कदमबारे समेत सरकारलाई अपडेट प्राप्त भएको बताए ।

बैंक, बीमा, नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन, होटेलसहित अर्थतन्त्रका विभिन्न अवयवमा सरोकार राख्ने निजी क्षेत्रका प्रतिनिधि डाकेर अर्थले छलफल गरेको हो ।

छलफलमा कोभिडको दोस्रो लहरपछि खुला भएको गतिविधिका कारण आर्थिक क्षेत्रमा उत्साहजनक चलायमान देखिएको भन्दै यसलाई कायम राख्नु पर्ने निष्कर्ष निकालिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स