आर्थिक क्रियाकलाप पूर्ण बन्द गरेर कोभिड आउँदैन भन्ने हुन्नः बीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अग्रवाल

काठमाडौं । कारोना भाइरसको संक्रमणको ग्राफ बढ्न थालेसँगै मुलुकमा पुन लकडाउन हुने हो भन्ने आशंका उत्पन हुन थालेको छ । यस्तो अवस्थामा हाम्रोअर्थले आर्थिकनगरी बीरगंजमा कारोनाको के कस्तो प्रभाव छ । अर्थव्यवस्था कसरी चलायमान हुन्छ भन्ने विषयमा बीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालसँग कुराकानी गरेको छ ।

छिमेकी मुलुक भारतमा कारोनाको संक्रमण दर बढ्दो क्रममा देखिएकाले बीरगंजमा पनि सुरक्षाका मापदण्ड कडाइका साथ अबलम्बन गरिनु पर्ने उपाध्यक्ष अग्रवालको माग छ ।

‘बीरगंजमा कोरानाको संक्रमण देखिएको छैन । हाम्रोमा जाँच नभएर पनि संक्रमण नदेखिएको होला,’ अग्रवालले भने, ‘सबैलाई सचेत रहन अनुरोध गरिराखेका छौं ।’

सुरक्षाका लागि माक्सको प्रयोग, भौतिक दुरी कायम गर्ने, स्यानिटाइज र साबुन पानीले हात धुन अनुरोध गरिरहेको छ । यसले केही हदसम्म कारोना संक्रमणलाई नियन्त्रणमा राख्न सहयोग गर्ने संघले विश्वास लिएको छ ।

कोरानाको डलब भ्याक्सिन लगाएका पनि पुन संक्रमित हुँदैनन् भन्ने अवस्था छैन । यसका लागि सरकारले तत्काल बुस्टर डोजको व्यवस्था गर्नु पर्ने उनको जोडदार माग छ ।

खुल्ला सिनाका कारण नेपालमा पनि त्यसको असर देखिने छ । भारतमा भयाभव स्थिति सिर्जना हुनु अघि नै नेपाल र सिमा क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ छ ।

अहिले पनि बीरगंजमा सरकारी कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत, महानगरमा भिडभाड उच्च नै छ । यसले पनि संक्रमणको जोखिम उच्च रहेको देखाउँछ । काठमाडौं उपत्यकामा २५ जना भन्दा धेरै भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले उर्ति जारी गरेको छ । बीरगंजमा पनि संक्रमणको दर फैलिनु अघि नै यस्ता कार्य सरकारबाट हुनु पर्ने उनी बताउँछन् ।

कारोनाका कारण उद्योग व्यवसायीमा संत्रासको अवस्था रहे पनि उद्योग कलकारखना बन्द गरेर बस्नु पर्छ भन्ने मान्यतामा उनी छैनन् । विगतमा पनि साधानी र सुरक्षाका आवश्यक मापदण्ड अपनाएर कामहरु भइरहेका थिए । यो पटक पनि कोभिड सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर सञ्चालन हुने छन् भन्ने पनि उनी विश्वस्त देखिन्छन् ।

‘पहिला पनि सावधानी उपनाएर उद्योग चलाएकै हौं । यो तेस्रो भेरियन्ट हो । यो पटकको कारोनाको संक्रमण दर उच्च देखिए पनि खतरानक भने देखिएको छैन,’ उनले भने, ‘भिडभाड नियन्त्रण गर्ने हो भने बीरगंजलाई संक्रमणबाट बचाउन सकिन्छ ।’

आर्थिक क्रियाकलाप पूर्ण रुपमा बन्द गरेर कोभिड नियन्त्रणमा आउँदैन । त्यसैले डराएर उद्योग कलकारखाना बन्द गर्नु भन्दा पनि संक्रमण नियन्त्रणमा सरकारले ध्यान दिनु पर्छ । भिडभाड नियन्त्रण र बुस्टर डोजको व्यवस्था तत्काल गर्न सकिए बीरगंज चलायमान हुने उनले विश्वास व्यक्त गरे ।

उद्योगहरुमा सिस्टममा काम भइरहेको छ । संघले पनि सेनिटाइजर, माक्सको उचित व्यवस्थापन गरेर मात्र उद्योग कलकारखाना चलाउन सर्कुलर जारी गरिसकेको छ । उहाँहरु पनि सचेत भएर काम गरिराख्नु भएको छ । पहिला जस्तो कामदारको भारमा मात्र उद्योग सञ्चालन हुने गरेको छैन । धेरै काम अटोमेसनबाट भइरहेका छन् । बीरजंगका सरकारी अड्डा र बजार क्षेत्रभन्दा औद्योगिक क्षेत्र सुरक्षित नै रहेको उनको दावी छ ।

‘सारा चिज ठप्प गरेर निधान निस्किदैन । कारोनासँग तर्सेर पनि अर्थतन्त्र चलायमान बनाउन सम्भव छैन । अहिलेदेखि नै डराई हालेर सबै कुरा ठप्प पारेर बस्नु पर्ने छैन ।’

तर, आवश्यक सुरक्षाका मापदण्ड अपनाएर बीरगंजलाई चलायमान बनाउने योजना अनुरुप संघ अघि बढेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स