अबको ९ वर्षमा चीन विश्वकै ठूलो अर्थतन्त्र भएको देश बन्ने

काठमाडौं । अबको ९ वर्षमा चीन विश्वकै ठूलो अर्थतन्त्र भएको देश बन्ने भएको छ । बेलायती परामर्शदाता संस्था ‘सेबर्र’ (सेन्टर फर इकोनोमिक एन्ड बिजनेश रिसर्च) ले गरेको विश्व अर्थव्यवस्थाबारे गरेको अध्ययनको प्रतिवेदनले सन् २०३० मा चीन विश्वकै ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्षेपण गरेकोे हो ।

सो समयसम्म अमेरिका नै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश रहने छ । यसअघि अर्को अध्ययन ‘वर्ल्ड इकोनोमिक लिग टेबल’ प्रतिवेदनले २०२८ मा नै चीन विश्वको ठूलो अर्थतन्त्र बन्ने पूर्वानुमान गरेकोे थियो ।

अर्थतन्त्रको आकारमा भारतले भने फ्रान्सलाई अर्को वर्ष नै उछिन्ने सेबर्रको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । बेलायतले सन् २०२३ मा पुनः आफ्नो छैटौं स्थानलाई हासिल गर्ने देखिएको छ ।

प्रतिवेदनले आर्थिक उत्पादनमा जापानलाई सन् २०३३ मा जर्मनीले उछिन्ने पनि देखाएको छ । इन्डोनेशियासन् २०३४ बाट नवौं ठूलो अर्थतन्त्रका रुपमा अटाउने पनि सेबरको प्रतिवेदनले उल्लेख गरेको छ । २०३६ सम्ममा रसिया विश्वका १० ठूला अर्थव्यवस्थामध्ये पर्नेछ ।

यसका साथै सन् २०२१ मा विश्व अर्थतन्त्रको आकार पहिलोपल्ट एक हजार खर्ब (१०० ट्रिलियन) अमेरिकी डलर नाघ्ने भएको छ । अर्को वर्ष (सन् २०२२ मा) विश्व अर्थतन्त्रको कुल उत्पादन १०० ट्रिलियन डलरमाथि पुग्रे भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स