५ महिनामा २३ अर्बको मोबाइल भित्रियो, आधाभन्दा धेरै मोबाइल चिनियाँ

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिनामा मोबाइल आयात बढेको छ । साउनदेखि मंसिरसम्मको अवधिमा २२ अर्ब ९७ करोड २४ लाखभन्दा बढी मूल्यको मोबाइल आयात भएको हो । भन्सार विभागको तथ्यांकअनुसार उक्त अवधिमा कूल ३० लाख ६० हजार ४३७ वटा मोबाइल आयात भएको छ ।

मंसिर महिनामा मात्रै २ अर्ब ६१ करोड ३८ लाख मूल्य बराबरको ४ लाख ५८ हजार ६५७ थान मोबाइल आयात भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष करिब ६ अर्ब रुपैयाँले मोबाइल आयात बढेको हो । गत आवको मंसिरसम्म १७ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ बराबरको २७ लाख ७२ हजार ८४३ वटा मोबाइल भित्रिएको थियो ।

गत वर्षको तुलनामा चालु आवको पहिलो ५ महिनामा ८४ करोड २२ लाखभन्दा बढीको दुई लाख ८७ हजार ५९४ वटा मोबाइल बढी भित्रिएको छ । ५ महिनाको अवधमिा ४८ मुलुकबाट मोबाइल सेट नेपाल भित्रिएको विभागको तथ्यांकमा देखिन्छ ।

नेपालमा सबैभन्दा धेरै मोबाइल फोन चीनबाट आयात हुने देखिन्छ । चीनबाट मात्रै १३ अर्ब ५६ करोड ८९ लाखभन्दा बढी रुपैयाँको २२ लाख ९९ हजार ५ सय ८० मोबाइल भित्रिएको छ ।

दोस्रोमा भारत रहेको छ । भारतबाट ८ अर्ब ४४ करोडभन्दा बढीको छ लाख १ हजार ५ सय ४२ मोबाइल भित्रिएका छन् ।
१ लाख ४८ हजार ८ सय ४६ वटा मोबाइल सेट आयात भएको भियतनाम तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स