अर्थतन्त्रमा गम्भिर संकट आउन सक्ने अर्थविद्को संकेत

काठमाडौँ । अर्थविद्हरुले मुुलुकको अर्थतन्त्रमा गम्भीर संकट आउने गरी ओरालो लागेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले शुक्रबार नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे’ अर्थविद्हरूसँग गरेको छलफलका क्रममा अर्थविद्हरुले अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक देखिएकाले मुुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत गरेका हुन् ।

अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक चंगुलले अर्थतन्त्र तहसनहस भएको बताए । उनले विश्व धेरै मुलुकको अर्थतन्त्र राम्रो बनाउनको लागि राजनीतिक समझदारी बनाएर अगाडी बढ्ने गरेको बताए ।

नेपालमा धेरै राजनीति मात्रै गर्ने तर, मुलुकको अर्थतन्त्रको विषयमा कुनै योजनाका विषयमा एजेन्डा नै बन्ने नगरेको बताए । उनले नेपालमा राजनीतिक दलहरु सबै आफ्नो स्वार्थ उन्नमुख काम गर्ने भएकाले पछिल्लो समय देशको अर्थतन्त्र तहसनहस भएको बताए ।

उनले नेपालका सबै राजनीतिक दलहरूको विदेश नीति, प्रतिरक्षा नीति र आर्थिक नीतिमा न्यूनतम साझा धारणा नभएकाले अर्थतन्त्र राम्रो बनाउनेका लागि आर्थिक नीती बनाउन जरुरी रहेको बताए ।

उनले नेपालको कुल ग्राहस्त उत्पादन जीडीपीकै आकारमा बैंकको निक्षेप रहेको बताए । यस्तो अवस्थाले गर्दा अहिले बजारमा तरलता संकट देखिनु स्वभाविक भएको बताए । सरकारले पुँजीगत खर्च बढाउन नसक्नु पुरानै खर्च गर्ने प्रणालीको निरन्तरता भएको क्षेत्रीले बताए ।

समितिको छलफलमा अर्थविद् डा.चन्द्रमणी अधिकारीले विश्व अर्थतन्त्रमा नै मन्दी आउने संकेत देखिएकाले विश्व अर्थतन्त्रको प्रभाव नेपालको अर्थतन्त्रमा पनि असर पारेको बताए ।

अर्थविद् अधिकारीले विश्व अर्थतन्त्रमा नै उत्पादनमा कमी, मूल्य वृद्धि, बैंकहरूमा ब्याजदर बढ्दै गएको बताए । उनले यसरी विश्व अर्थतन्त्र नै संकटमा पर्ने अवस्था आएकाले त्यसको असर स्वाभाविक रुपमा नेपालमा देखिने बताए ।

धिकारीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा अर्थतन्त्रका सूचकहरू संकट उन्मुख देखिएको बताए । अहिले सरकारले विदेशी मुद्रा सञ्चिति राम्रो भएको, शोधन्नातर स्थिति राम्रो, चालु खातामा बचत रहेको र राजस्व बढेकाले अर्थतन्त्र ठिक ठाउँमा रहेको बताउने गरेको भए पनि अहिले त्यस्तै अवस्था नभएको बताए ।

अर्थविद् अधिकारीले नेपालमा संघीयता लागूभए पनि प्रणाली राम्रो नभएको बताए । उनले संविधानले नै संघिय संरचना भद्दा बनाएको बताए । उनले संघीयताका कारण प्रशाशनिक हिसाव समेत ठूलो बन्दै गएको बताए ।

अधिकारीले एउटा प्रदेशमा १४ वटासम्म मन्त्रालय बनाउँदा मुलुकको थप समस्या आउने बताए । उनले भने, ‘सरकारले व्यवस्थापकीय खर्च कटौती गर्नु पर्छ ।

अर्थतन्त्र सहित लयमा ल्याउनको लागि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छ । अहिले विश्व अर्थतन्त्र तथा आन्तिरिक कारण,उत्पादन मुलक क्षेत्रमा न्यून लगानी, न्यून रोजगारी, कोरोना महामारीको थप संकट, सरकारसँग भएको स्रोत अनुउत्पादन क्षेत्रमा मात्रै लगानी गर्दा अर्थतन्त्र संकट उन्मुख भएको छ ।’

अर्का अर्थविद् डिल्लीराज खनालले बैंकिङ क्षेत्रको लगानी बढेको तर, उत्पादन मुलक क्षेत्रमा नगएकाले बजारमा तरलता अभाव भएको बताए । खनालले बैंक तथा वित्तीय क्षेत्रले कर्जा लगानी व्यापक बढाउने तर, कर्जा लिएको निजी क्षेत्रले उत्पादन उद्योग,आर्थिक क्षमता विकास गर्ने क्षेत्रमा लगानी नभएकाले अर्थतन्त्रमा संकट आएको बताए ।

उनले बैंकिङ कर्जा आयातमा लगानी हुदाँ आयात बढेको र राजस्व पनि बढ्यो बताए । तर, सरकारले राजस्व बढाएर पनि राजस्व बढे अनुसार पुँजीगत खर्च बढाउन नसक्नु दुखद् भएको खनालले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स