चालु खाता २ खर्ब २३ अर्ब घाटामा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा चालु खाता २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु खाता २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँले घाटामा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९ अर्ब १ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाख रुपैयाँले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोड रुपैयाँले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आई २ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले वृद्धि भई ६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब १५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स