अर्थमन्त्री शर्मालाई अर्थशास्त्र भनेको थाहा छैनन्, तर पनि हाँक्छन मुलुकको अर्थतन्त्र

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूलाई अर्थशास्त्र भनेको के हो थाहा नभएको बताएका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आफूलाई अर्थशास्त्र भनेको के हो थाहा नभएको बताएका हुन् ।

‘अर्थशास्त्रको बारेमा म जान्दिन । अर्थशास्त्र नजान्ने मानिसले कसरी अर्थमन्त्रालय चलाउछन् भनेर प्रश्न पनि उठ्ने गरेको छ । अर्थमन्त्रालय अर्थशास्त बुझेको मानिसले मात्र चलाउनु पर्छ भन्ने छैन ।’

अर्थशास्त्र भनेको थाहा नभए पनि मुलुकलाई कसरी सम्पन्न, आत्मनिर्भर बनाउनु पर्छ भन्ने आफूलाई थाहा भएको अर्थमन्त्री शर्माले बताए ।

स्रोत साधनको सहि व्यवस्थापन गरेर जनतालाई सहज सेवा दिने अभियानमा आफू रहेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स