सामाजिक उत्तरदायित्वमा कति खर्च भयो ?, सरकारले माग्यो हिसाब

काठमाडौं । उद्योगहरुले नाफाको कति रकम सामाजिक उत्तरदायित्वमा खर्च गरे ? तयसको हिसाब उद्योग विभागले माग गरेको छ । उद्योग विभागले एक सूचना जारी गर्दै उद्योगहरुलाई विवरण पेश गर्न भनेको हो ।

सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु र त्यसको लागत रकमको विवरण पेस गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।

विभागले उद्योग विभागमा दर्ता भएका र हालसम्म विवरण पेश गर्न बाँकी उद्योग व्यवसायीहरुलाई सो विवरण पेस गर्न आग्रह गरेको हो ।

औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ५४ बमोजिम मझौला, ठूला उद्योग वा वार्षिक पन्ध्र करोड रुपैँयाभन्दा बढी कारोबार हुने घरेलु तथा साना उद्योगले वार्षिक रुपमा व्यवसायिक सामाजिक जिम्मेवारी बहन गर्ने प्रयोजनार्थ रहेको छ ।

सो अनुसार यस्तो कार्यक्रममा खर्च गरेको रकमको विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र सम्बन्धित उद्योगमा दर्ता गर्ने निकाय समक्ष पेश गनुपर्ने कानुनी प्रावधान रहेको समेत विभागले जानकारी गराएको छ ।

साथै, तोकिएको विवरण पेश नगरेमा औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ४३ को उपदफा ७ बमोजिम कारवाही प्रक्रिया समेत अघि बढाइने बताइएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स