अर्थ मन्त्रालयको कार्य संचालन निर्देशिका : २ घण्टा अतिरिक्त काम गर्नेले खाजा भत्ता पाउने

काठमाडौं । अर्थ मन्त्रालयले कार्य संचालनमा एकरुपता कायम गर्न नयाँ निर्देशिका तय गरेको छ ।
बजेट प्रणालीलाई ब्यवस्थित बनाउन, उपलब्ध स्रोतलाई प्राथमिकीकरण गर्नको लागि नयाँ निर्देशिका तय गरेको छ ।

उक्त निर्देशिककालाई अर्थमन्त्री विष्णु पौडेलले समेत स्विकृत गरिसकेका छन् ।
अर्थ मन्त्रालयका अनुसार उत्पादनमूलक, अत्यावश्यक तथा अनिवार्य खर्च गर्नुपर्ने क्षेत्रमा दक्षतापूर्वक विनियोजन गर्न, सार्वजनिक खर्चमा एकरुपता तथा मितव्ययिता कायम गर्नरगराउन र बजेट खर्च तथा कार्यक्रम सञ्चालनमा वित्तीय उत्तरदायित्व, जिम्मेवारी र जवाफदेहिता सुनिश्चितता गरी सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन निर्देशिका तय गरेको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १२४ (क) ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाइएको समेत बताइएको छ ।

निर्देशिकामा पनि खाना खाजाको मापदण्डलाई उल्लेख गरिएको छ ।
२ घण्टा भन्दा बढि अतिरिक्त काम गर्ने कर्मचारीले उक्र सुविधा पाउने बताइएको छ ।

खाजा खानाको लागि यी ५ बुँदा उल्लेख गरिएको छ ।
(१) अतिरिक्त समयमा गरिने काम र सोबाट प्राप्त हुने नतिजाको सम्बन्धमा लेखा उत्तरदायी अधिकृतबाट प्रमाणित गराइएको हुनु पर्नेछ ।
(२) खाजा\खाना खर्च प्रदान गर्ने प्रयोजनका लागि अनिवार्य रूपमा विद्युतीय हाजिर प्रणालीबाट प्रमाणित भएको हुनु पर्नेछ ।
(३) खाजा \ खाना खर्च र प्रोत्साहन भत्ता प्राप्त गरिरहेको पदाधिकारी \ कर्मचारीलाई तोकिएको बाहेक अन्य कुनै भत्ता र परिवहन खर्च वापत कुनै रकम उपलब्ध गराइने छैन ।
(४) नियमित काम बाहेक विशेष कामको लागि दैनिक २ (दुई ) घण्टा भन्दा बढी अतिरिक्त समय काम गर्ने कर्मचारीलाई खाजा \ खाना खर्च वापत रू.६०० दिन सकिनेछ ।
(५) सार्वजनिक विदाको दिन कम्तीमा ४ घण्टा काम गरे बापत खाजा \ खाना \ आतेजाते खर्चको लागि रू.८००।– दिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स