आर्थिक सुधार आयोगका संयोजक खनाल भन्छन्, ‘बैंकमा नदेखिएको आँकडा कहाली लाग्दो छ’

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक तथा अर्थविद् रामेश्वर खनालले बैंकमा नदेखिएको आँकडा काहली लाग्दो रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यक्रममा खनालले खराब सम्पत्तिको देखिने आकार घट्दै गएको देखिए पनि नदेखिने आँकडा कहाली लाग्दो अवस्था रहेको जानाकारी गराएका हुन् ।

बैंकको नियमन प्रभावकारी भए पनि बैंकहरूको सम्पत्तिको गुणस्तर घट्दो अवस्थामा रहेको उनले जानाकारी दिए ।

बैंकहरूको सम्पत्तिको गुणस्तर कमजोर देखिएका अन्तर्राष्ट्रिय निकायहरूले बैंकहरूको मूल्यांकन परम्परागत नियमनले मात्रै नभएर ऋणीकै तहमा पुग्न र कर्जा लिएको व्यक्ति वा संस्थाले कर्जा उपयोगका विषयमा छानबिन गर्नुपर्ने प्रश्न उठाएको खुलसा गरे ।

उनले ७ खर्ब बढी तरलता भए पनि व्यक्तिको हातमा तरलता नभएको बताए । उनले बजारमा गएको तरलता व्यक्तिको हातमा पुग्ने संयन्त्र कुण्ठित भएको समेत बताए । उनले बैंक माथि नै प्रश्न गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स