गत वर्षको तुलनामा वैदेशिक व्यापारमा सुधार, ५ महिनामा ७३ अर्बको निर्यात

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ५ महिना अवधिमा वैदेशिक व्यापारमा वृद्धि भएको छ । वस्तु आयात तथा निर्यात दुबै तर्फ वृद्धि देखिएको हो ।

चालू आर्थिक वर्षको मंसिर मसान्त सम्ममा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । तर गत आर्थिक वर्षको यहि अवधीमा ६३ अर्ब २० करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको थियो ।

वस्तु आयात पनि बढेको छ । गत वर्ष ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयत भएकोमा यो वर्ष ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

चालू आर्थिक वर्षको ५ महिना अवधिमा कुल वैदेशिक व्यपार ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ बराबरको पुगेको छ । जुन गत वर्षको यहि अवधीको तुलनामा ४ दशमलव २१ प्रतिशतले बढेको हो ।

चालू आर्थिक वर्षको ५ महिनामा वैदेशिक व्यापारघाटा ५ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स