५ महिना सकिँदा सरकारको आम्दानी ४ खर्ब, खर्च साढे ५ खर्ब

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिना अवधी सकिएको छ । यो अवधीमा संघीय सरकारले ४ खर्ब रुपैयाँ आम्दानी गरेको हो ।

सरकारले राजस्वबाट मात्रै १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । मंसिर मसान्त सम्ममा ३ खर्ब ९९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । भने महालेखा नियन्त्रको कार्यालयका अनुसार अन्य आम्दानी ६ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

यतो ५ खर्ब ५६ अर्ब रुपैया रुपैयाँ सरकारले खर्च गरेको देखिएको हो । महालेखा नियन्त्रको कार्यालय अनुसार ५ महिनामा कुल बजेटको २९ दशमलव ८९ प्रतिशत खर्च भएको जनाएको छ । चालू खर्च मात्रै ३ खर्ब ६३ अर्ब रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्च ४० अर्ब रुपैयाँ मात्रै भएको छ ।

त्यस्तै गरि वित्तिय व्यवस्थापनमा १ खर्ब ५१ अब रुपैयाँ खर्च भएको देखिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स