नेपाल भारतमैत्री संघले प्रदान गर्यो दश लाख बराबर राहत समाग्री

काठमाडौं । नेपाल भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल भारतमैत्री संघले बल्खुका बाढी पीढीहरूका नेपाल चिकित्सक संघमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक सङ्घको आग्रह बमोजिम नेपाल भारतमैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको संघका कार्यवहाक अध्यक्ष शैलेन्द्र मोहन झाले बताए ।

राहत सामग्रीमा खाद्यान्न, औषधि, व्याइवेट, कम्बलहरू लगायत बहुउपयोगि सामग्रीहरू रहेको छन् । यो सबैको मूल्य १० लाख हुने कार्यबहाक अध्यक्ष झाको भनाई छ ।

उनले भने,‘बल्खु क्षेत्रमा धेरै क्षति पुगेको हुँदा चिकित्सक संघको सम्पूर्ण टिमले आग्रह गरे अनुरूप हामीले राहत सामग्रीहरू खाद्यान्न, औषधि, व्याइवेट, कम्बलहरू लगायत बहुउपयोगि सामानहरू हस्तान्तरण गरेका छौं । उहाँहरूले उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ । अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौं । पीडितहरूको हातमा परोस् । अरूको हातमा नपरोस् ।’

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक सङ्घको अध्यक्ष डा। अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताए। उनले बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने बताए ।
उनले भने ‘यो जुन राहत हस्तान्तरण गर्नुभएको छ, हामीले स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौं । भोलि या पर्सि बल्खुमा मेडिकल क्याम्पसहित राहत वितरण गर्नेछौं ।’

उनले विपद्को बेलामा आगामी दिनमा पनि नेपाल भारतमैत्री संघले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गरे ।

विभिन्न पेशा, व्यवसाय र समाजका विभिन्न क्षेत्रमा कार्यरत विशिष्ठ व्यक्तित्वहरु यस संस्थामा आबद्ध भई नेपाल भारत मैत्री संघका क्रियाकलाप तथा गतिविधिमा सरिक भई सहयोग र मार्गदर्शन प्रदान गर्नु भएबाट पनि हाम्रो संस्थाले अगाडि बढ्ने प्रेरणा र उर्जा पाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स