एमालेको ‘समाजिक सेवा केन्द्र’ बाढी पहिरो पिडितको उद्धारमा, १ करोड भन्दा बढिको सहयोग पुर्याउँदै

काठमाडौं । नेकपा एमालेले स्थापना गरेको ‘सामाजिक सेवा केन्द्र’ले बाढी पहिरोबाट प्रभावितहरुलाई उद्धार र सहयोग वितरणमा निरन्तर खटिरहेको छ । प्राकृतिक विपद् तथा सर्वसाधारणलाई अफ्ठ्यारो पर्दा सहयोग तथा साथ दिने आशयका साथ स्थापना भएको सामाजिक सेवा केन्द्रले गत दुई, तीन दिनदेखि अवरिल वर्षाको कारण प्रभावित भएकाहरुलाई सहयोग र राहात प्रदान गरेर अघि बढिरहेको छ ।

काठमाडौं उपत्यका तथा देशभर भएको धनजन क्षतिलाई आत्मसाथ गर्दै सामाजिक सेवा केन्द्रले काम गरिरहेको सामाजिक सेवा केन्द्रका संयोजक मोतिलाल दुगड बताउँछन् ।

एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख तथा सामाजिक सेवा केन्द्रका संयोजक रहुनभएका दुगडले उद्धार तथा राहात वितरणमा सहयोग गरिरहेको जानाकारी दिए ।

उनी भन्छन्,‘ देशभरको क्षति भैरहेको तथ्याङको आधारमा खटिरहेका छौं । तत्काल उद्धार गर्नुपर्नेहरुलाई उद्धार गरिरहेका छौं । साथै आवश्यक राहात चाहिनेका लागि त्यसको समेत बन्दोबस्त गरिरहेका छौं ।’

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओलीको निर्देशनमा यो काम भैरहेको संयोजक दुगडले बताए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली विदेश भएपनि टेलिफोन सम्पर्कमा जतिसक्दो छिटो र प्रभावकारी ढंगबाट काम गर्न निर्देशन प्रदान गरेका छन् ।

उनको निर्देशन बमोजिम काम भैरहेको संयोजक दुगडले जानाकारी दिए ।
एमालेको सामाजिक सेवा केन्दबाट अहिलेको विपदमा १ करोड रुपैयाँ बराबरको राहात वितरणको काम भैरहेको छ ।
यस सेवा केन्द्रले अन्य विपदमा समेत काम गर्दै आइरहेको छ ।
२०७८ सालमा अर्थात् कोभिड १९ ले जनजीवन प्रभावित भैरहेको अवस्थामा नेकपा एमाले परोपकार कार्य गर्न भन्दै नयाँ संरचना ‘सामाजिक सेवा केन्द्र’ गठन गरेको थियो । एमालेले समाजिक तथा मानव सेवाका लागि संस्था स्थापना गरेको हो ।
समाजसेवा र मानवीय सेवाको नयाँ अभियान सञ्चालन ल्याएको एमालेले यसलाई निरन्तर जारी राखेको छ । प्रकृतिक प्रकोपका साथै सामाजिक समस्यामा समेत सहयोग प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स