फाष्ट ट्र्याकको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’ 

काठमाडौं । काठमाडौं तराई मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) सडक आयोजना अन्तरगत धेद्रे सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ । प्याकेज नं २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको हो ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं२ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडीएको हो । यसमा जोडी सुरुङ रहेको छ । त्यस मध्ये १,६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग छिचोलिएको हो । यसै गरी गत हप्ता लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौँबाट निजगढतर्फ जाने १,६३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स