सामाजिक सुरक्षा कोषमा ४ वर्षको लागि कार्यकारी निर्देशक बने कविराज अधिकारी

काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । सर्ट लिष्टमा रहेका तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी कोषको कार्यकारी निर्देशक बनेका हुन् ।

उनले राष्ट्रिय वाणिज्य बैंकको पूर्व नायव प्रमुख कार्यकारी अधिकृतबाट अवकास पाएका हुन् । उनीसँग तीन दशक बढी बैंकिङ अनुभव छ । सीए समेत रहेका उनको कार्यकाल ४ वर्षको रहनेछ ।

योगदानमा आधारित कोषको कार्यकारी निर्देशक छनोट समितिले अधिकारीसहित, लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो ।

उपसमितिबाट सिफारिस भएका तीन जना मध्येबाट अनुभव, उनीहरुले पेस गरेको व्यवसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको बताइएको छ ।

कार्यकारी निर्देशकका लागि आवेदन दिएका १२ जनामध्येबाट कार्यकारी निर्देशक छनोट उपसमितिले ६ जनाको नाम लिस्टिङ गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स