गौशाला धर्मशालामा मारवाडी सेवा समितिको पक्षमा उच्च अदालतको आदेश

काठमाडौं । गौशालाको धर्मशालामा मारवाडी सेवा समितिको पक्षमा उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश आएको छ ।
पशुपतिस्थित गौशाला धर्मशाला विवादमा उच्च अदालत पाटनले मारवाडी सेवा समितिको पक्षमा अन्तरकालीन आदेश जारी गरेको हो ।

न्यायाधीश डालकुमार खड्काले समितिको मागबमोजिम तत्काल गौशाला धर्मशालामा हस्तक्षेप गर्न आदेश दिएको छ ।
अल्पकालिन आदेशमा तत्कालको लागि खालि नगराउन भनेको छ ।

अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा बोलाएको हो ।

पशुपति विकास कोष र काठमाडौं महानगरबीच नयाँ सम्mभौता कायम गरि महानगरलाई व्यवस्थापनको जिम्वेवारी दिने निर्णय भएको थियो ।

तर ८० वर्ष अघि नै उक्त स्थान मारवाडी समाजलाई प्रदान भएको र खाली गर्नुभन्ने वित्तिकै नसक्ने मारवाडी सेवा समितिको भनाई रहँदै आएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स