काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा बोलेका छन् ।
नयाँ सत्तागठन निर्माण हुँदा नै संविधान संशोधनको विषयमा उल्लेख गरिएको बताइएको थियो ।
तर त्यसबारे कांग्रेस सभापति देउवा मौन थिए । मंगलबार भने उनले संशोधनको विषयमा बोलेका छन् ।
संविधान संशोधनको नाममा प्रदेशको संरचना खारेज नहुने स्पष्ट पारेका छन् ।
सानेपामा पार्टीको कानुन विभागले आयोजना गरेको कार्यक्रममा उनले प्रदेश खारेजी भन्दा पनि मजबुत र जबाफदेही बनाउने बताए ।
उनले प्रदेश सरकार संरचना बनिसकेको बताउँदै हट्ने कुरा छैन र यसलाई हटाउन सकिन्न र यसलाई कसरी अझ उत्तरदायी बनाउने, अझ बढी जबाफदेही बनाउनेदेखि लिएर सारा कुरामा सुधार गर्न सकिने बताए ।
उनले बरु समानुपालिक निर्वाचन प्रणालीको विषयमा भने सोच्न सकिने बताए ।