धादिङका यी तीन बाहालवाला सचिव देशकै प्रमुख जिम्मेवारी

काठमाडौं । राजधानीको छिमेकी जिल्ला धादिङबाट अहिले संघीय सरकारको ३ जना सचिव छन् । निजामती सेवामा उपल्लो पदमा एकैपटक तीनजना रहेको यो पहिलो पटक हो ।

तीनै जना अहिले महत्वपूर्ण निकायको जिम्मेवारीमा समेत छन् ।

सचिव गोकर्णमणी दवाडीले अहिले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् । २०७७ मंसिरमा सचिव भएको उनलाई सचिव बनाउन नै त्यस समयको सरकारले आनाकानी गरेको थियो ।

५ पटक सचिव बढुवाको सिफारिसमा पर्दा समेत उनले बढुवा पाएका थिएनन् । छैटौं पटकमा सचिव भएका उनी विभिन्न निकाय तथा मन्त्रालय हुँदै अहिले गहृ मन्त्रालयको सचिव जस्तो महत्वपूर्ण भूमिकामा आएका छन् । देशकै सिनियर सचिवहरुमा पर्छन् ।

मधुसुदन बुर्लाकोटी २०७८ असारमा सचिव भएका हुन् । उनी विभिन्न निकाय हुँदै अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य र आपूर्ति क्षेत्र हेर्न मुख्य भूमिकामा रहेका छन् । उनले कसैको दवाब र प्रभावमा कुनै निर्णय नगर्ने छबि बनाएका छन् ।

अहिले राष्ट्रपति कार्यालयमा सचिव रहेका नारायणप्रसाद शर्मा २०७९ भदौमा सचिव भएका हुन् ।
सुदुरपश्चिम प्रदेशको मुख्य सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव हुँदै अहिले राष्ट्रपति कार्यालयको सचिवको रुपमा कार्यरत रहेका छन् ।

नम्र स्वभावका उनी हरेक विषयवस्तुलाई नजिकबाट नियाल्ने प्रयास गर्छन् । उनी जस्तो सुकै विषयमा पनि उचित निर्णय लिनसक्ने क्षमता राख्छन् ।

तीनै जना सचिव कार्यरत रहेको स्थान देश मुख्य निकाय मध्येको हो । जसकारण राज्य संचालनमा यी तीन जनाको महत्पूर्ण भूमिका रहँदै आएका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स