लगानी बोर्डको सीईओमा सुशील ज्ञवालीको सुनिश्चित !

काठमाडौं । लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली सुनिश्चित भएका छन् । अन्तिम ५ जनाको नाम छनौट गर्दा उनी नै प्रमुख दावेदार देखिएका हुन् ।

यस अघि पुननिर्माण प्राधिकरणमा सफलतापूर्वक काम गरेका उनलाई सरकारले लगानी बोर्डको सीईओ दिने निश्चित जस्तै बनको छ । तर उनका अन्य थप चार प्रतिस्पर्धी समेत रहेका छन् ।

अन्य चार जनामा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले , धुनषाका रामदेव यादव, काठमाडौंका भिष्मराज ढुंगाना रहेका छन् । काफ्लेलाई समेत बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

लगानी बोर्डको सीईओको लागि १५ दिनको लागि म्याद राखेर साउन २८ गते आवेदन खुलाइएको थियो ।

सुशील भट्टले आफ्नो कार्यकाल साउन २१ गते सकेका थिए । आफ्नो कार्यकालमा सफलतापूर्वक सम्पन्न गरेका भट्टले अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना समेत गरे ।

नयाँ सीईओ सायद भदौ महिना भित्र त्यसको तय हुँदैछ ।
नयाँ सीईओको महत्वपूर्ण जिम्मेवारीका साथ आउनुपर्ने हुन्छ ।

नेपालमा विदेशी लगानी आकर्षित हुन नसक्नका विविध कारणहरु रहेका छन् । त्यसलाई आकर्षित हुने वातावरण बनाउनु नै लगानी बोर्डको दायित्व हुन्छ ।

उक्त दायित्व पुरा गर्न आगामी सीईयो योजना सहित आउनुपर्ने हुन्छ ।

सबैभन्दा ठूलो विषय लगानी बोर्डले आफै जनशक्ति भर्ना  गर्न सक्ने व्यवस्थासहितको अधिकार खोजिरहेको छ । सीईओ भट्टले त्यसको लागि ऐन संशोधनको ड्राफ तय गरिसकेका छन् ।

जसलाई अन्तिम रुप दिने वा अहिलेको व्यवस्थालाई नै केहि सुधार गर्नुपर्ने गरि आगामी सीईओले काम गर्नुपर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स