एमालेले हरेक सदस्यबाट १०० रुपैयाँ उठाएर पाटीको केन्द्रीय भवन बनाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी एमालेले हरेक सदस्यबाट १०० रुपैयाँ चन्दा उठाएर पाटीको केन्द्रीय भवन निर्माण गर्ने प्रस्ताव अघि सारेको छ । २०८४ मा पहिलो पार्टी बन्ने रोडम्यापसहित एमालेले आगामी वर्ष २०८२ भित्रै दश लाख पार्टी सदस्य बनाउने लक्ष्य सारेको हो ।

एमालले दशौं राष्ट्रिय महाधिवेशनपछि जोड दिएर सञ्चालन भइरहेको सदस्यता नवीकरण र नयाँ वितरण अभियानलाई दश लाख बनाउने लक्ष्य लिएको छ । सोही १० लाख सदस्यहरूबाट प्रति सदस्य १०० रुपैयाँ उठाएर १० करोड करोड रुपैयाँको पाटीको केन्द्रीय भवन निर्माण गर्ने भएको छ ।

एमालेले १० लाख सदस्य पुर्याउनको लागि वडामा कुल मतदाताको ३ प्रतिशत र पालिका तथा जिल्लामा कुल मतदाताको ६ प्रतिशत पाटी सदस्य बनाउँदा १० लाखको योजना पूरा हुने जनाएको छ ।

त्यसरी सदस्यता वितरण गर्दा ३३ प्रतिशत महिलाको लक्ष्य पूरा गर्नेदेखि नयाँ सदस्यलाई पाटीको विचारबाट प्रशिक्षित गरिने गर्ने कार्यक्रम रहेको छ ।

आगामी चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्य लिएको एमालेले दुई चरणको अभियान सकेको र तेस्रो चरणको कार्यक्रममाथि छलफल थालेको हो ।

केन्द्रीय कार्यालय र सचिवालयबाट पारित भएर तेस्रो चरणको प्रस्तावित कार्यक्रम पोलिटब्यूरोमा पुगेको छ । महासचिव शंकर पोखरेलले मंगलबार केन्द्रीय मूख्यालय भएको पोलिटब्यूरो बैठकमा ३३ पृष्ठको वार्षिक कार्ययोजना प्रस्तुत गरेका हुन् ।
२०८४ मा निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न वार्षिक कार्ययोजना’ शीर्षकको उक्त प्रस्ताव ‘मिसन ग्रासरुट’ र ‘मध्य पहाडी संकल्प यात्रा’को अनुभवका आधारमा ल्याइएको उल्लेख गरिएको छ ।
अब ल्याइने पार्टी कार्यक्रमको उद्देश्य आगामी चुनाव ०८४ बाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउने प्रस्ताव भएको हो ।

महासचिव पोखरेलले पाटीमा कामको मूल्याकंनलाई नियमित र व्यवस्थित गर्ने प्रस्ताव गरेका छन् । सोका लागि हरेक कमिटीका नेताहरुको मूल्याकंन माथिल्लो कमिटीबाट गरिनुपर्ने प्रस्ताव छ । त्यसरी मूल्यांकन गर्दा केन्द्रीय पदाधिकारीको समेत मूल्याकंन हुने उल्लेख छ ।

‘केन्द्रीय कमिटीको हकमा केन्द्रीय सदस्यको कामको मूल्याकंन महासचिवले गर्ने र पार्टी अध्यक्षलाई बुझाउने । केन्द्रीय पदाधिकारीको कामको मूल्याकंन पाटी अध्यक्षले गर्ने विधिलाई स्थापित गर्ने’, प्रस्तावमा भनिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स