काठमाडौं । नेपाल सरकारले एक नारायण अर्यातललाई मुख्य सचिव नियुक्त गरेको छ । गृह सचिवको रुपमा कार्यरत अर्याललाई आज बसेको मन्त्रीपरिष्दको बैठकले मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
हालकी मुख्य सचिव लिलादेवी गड्तौलाको उमेर हदका कारण आगामी भदौ १५ अवकाशमा हुँदैछ। उनले छोटो समय मुख्य सचिवको भूमिका सम्हालेकी छन् ।
को हुन् अर्याल ?
स्याङ्जा स्थायी घर भएका अर्याल २०४६ सालबाट निजामति सेवामा प्रवेश हुन् । नायव सुब्बाबाट निजामति सेवा प्रवेश गरेको देखिएको छ । २०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८मा उपसचिव, २०६७ मा सहसचिव र २०७६ मा सचिव भएका थिए । पछिल्लो सयम उनी गृहसचिवको रुपमा कार्यरत छन् ।
यस अघि विभिन्न मन्त्रालयको सचिव भैसकको छन् । यस अघि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिवका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सचिव रहेर काम रहेर काम गरिसकेका उनले ३५ वर्ष निजामति सेवामा बिताएका छन् ।