ग्यास लाइटरमा खरिद मूल्य प्रमाणित गर्ने ७ दिने म्याद र मूल्याङ्कन बढाएको निर्णय पर्चा खडा गर्ने काम एकै दिन !

काठमाडौं । ग्यास लाइटर सम्बन्धमा सुख्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाले निकै ठूलो बदमासी गरेको पाइएको छ । भन्सार मूल्याङ्कनका सम्बन्धमा ग्यास लाइटर आयातकर्ता शुभ सिद्धि ट्रेर्डसलाई एकातर्फ खरिद मूल्य प्रमाणित हुने लागि कागजात पेश गर्ने ७ दिनको समय दिएको र अर्को तर्फ सोहि दिन ५० प्रतिशत मूल्याङ्कन बढाएको निर्णय पर्चा खडा गरेको पाइएको हो ।

शुभ सिद्धि ट्रेर्डसले गत वर्ष मंसिर २७ गते धरौटीमा छाड्न माग गरेकोमा त्यसमा थप कागजात पेश गर्न भन्दै गत वर्ष मंसिर २९ गते अर्थात् दुई दिन पछि ७ दिनको म्याद दिएको कगजातबाट देखिन्छ ।

भन्सार विभागले मंसिर १५ गते मूल्याङ्कन बढाएको आन्तरिक पत्राचार गरेको थियो । त्यसरी मूल्याङ्न बढाउनुपर्ने भएको अवस्थामा पनि यस अघि कारोबार भई आयात प्रक्रियामा रहेको वस्तुमा पुरानै दरमा मूल्य कायम गर्नुपर्नेमा मूल्याङ्न वृद्धि गर्ने जबरजस्ती गर्दा शुभ सिद्धि ट्रेडर्सले धरौटीमा छाड्न माग गर्यो ।

तर उक्त आयातकर्ताले २०८० मंसिर २७ गते पत्र लेखेको र भन्सार कार्यालयमा २८ गते दर्ता भएको कागजात र हस्ताक्षर भएको मितिले देखाउँछ ।

यस सम्बन्धमा सुक्खा बन्दरगाह भन्सार कार्यालयले शुभसिद्धि ट्रेडर्सलाई मंसिर २९ गते ७ दिने एक पत्र लेखेको देखिएको छ । चलानी नंम्बर १४७९ रहेको पत्रले वास्तविक कारोबार मूल्य प्रमाणित हुने थप काजगात माग गरेको देखिन्छ । पत्रमा भनिएको छ,‘ वास्तविक कारोबार मूल्य प्रमाणित हुने थप कागजात भए, पत्र प्राप्त भएको मितिले ७ दिन भित्र पेश गर्न जानकारी गराइन्छ ।’

यतातर्फ मंसिर २९ गते ७ दिनको म्याद दिई कागजात माग गरिएको भएपनि उतातर्फ भने निर्णय पर्चा खडा गर्ने काम अघि बढाइएको पाइएको हो । आयात कर्ताको ७ दिन मिति नसकिदै अर्थात् उसले कागजात पेश गर्न नपाउँदै, भन्सारलाई स्पष्ट गर्न नपाउँदै अर्को निर्णय गरिसकेको पाइएको हो ।

म्याद भित्र जवाफ पेश गर्न नपाउंदै एक्कासी मंसिर २९ गते नै निर्णय पर्चा जबरजस्ती बुझाएको पाइएको हो ।
भन्सार कार्यायले गरेको निर्णय पर्चामा जवाफ पठाएको भनिएको छ । तर आयातकर्ताले सोहि दिन कागजात उपलब्ध गराउने तथा पत्रको जवाफ लेख्ने अवसर नै पाएन । भन्सार कार्यालयले निर्णय पर्चा निकै संकास्पद विषय उल्लेख गरि संकास्पद काम गरेको पाइएको हो ।

आयातकर्ता शुभसिद्धि ट्रेर्डसका अनुसार सुक्खा बन्दरगाह भन्सार कार्यालयका तत्कालिन प्रमुख रामप्रसाद मैनाली, राजस्वमुखी भै ज्यादती गर्दै ५० प्रतिशत मूल्यांकन वृद्घि गरी भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलको इशारामा अन्याय गरेको यस घटनाले पुष्टि गरेको छ ।

ग्यास लाईटरको भन्सार मूल्याङ्नको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले छानबिन कार्य जारी राखेको छ । अर्थमन्त्रालय माफर्त भन्सार विभागलाई यस सम्बन्धमा स्पष्टिकरण समेत सोधेको छ ।

प्रतिक्रिया

1 COMMENT

  1. dry port भन्सार कार्यालयका मूल्यांकन अधिकृतले यस निर्णय परचामा टिप्पणी सदर गरे जस्तो , “;सदर ” लेखि निर्णय परचा कुन हैसियत ( capacity) मा सही गरि निर्णय परचा खडा
    गरेको हो। उनी त्यो मिति 080 08 29 का दिन निमित्त कार्यालय प्रमुख पनि थिएन । यसरि अनधिकृत व्यक्तिको अधिकार-विहीन निर्णय गैरकानूनी भएकोले सो निर्णय परचा खारेज गरी बढी असूल गरेको रकम फिर्ता हुनु पर्छ र निज सुशील शर्मामाथि उचित कारवाही समेत हुनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स