काठमाडौं । ठूलो संख्यामा सहसचिवहरुको सरुवा भएको छ । प्रधानमन्त्री कार्यालय, अर्थ, गहृ र परराष्ट्र मन्त्रालयका सहसचिवहरु सरुवा गरिएको हो ।
यो सरुवाबाट आन्तरिक राजस्व विभाग भन्सार विभाग र राजस्व अनुसन्धान जस्ता महत्वपूर्ण विभागको महानिर्देशक परिवर्तन हुने भएको हो ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरु सरुवा गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालय, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय लगायत महत्वपुर्ण मन्त्रालयहरुको सहसचिवहरुको सरुवा भएको हो ।
परराष्ट्र मन्त्रालयमा ४ जना सहसचिवहरु सरुवा भएका छन् । विभिन्न देशको महावाणिज्य दुत बन्नका लागि सहसचिवहरु झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, भरत खनाल र विन्देश्वर प्रसाद लेखक सरुवा गरिएको बुझिएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् । संभवत उनी अब राजस्व अनुसन्धान विभागको महानिर्देशक बन्दै छन् ।
बिहिबारको मन्त्रिपरिषदबाट निर्णयबाट अर्थ मन्त्रालयमा ८ जना सहसचिवहरु भित्रिएका छन् । मदन दाहाल, महेश भट्टराई, श्याम भण्डारी, गोपीकृष्ण कोइराला, हरिशरण पुडासैनी,कविता रेग्मी, यमुना प्रधान, दीपक लामिछाने अर्थमन्त्रालय भित्रिएका छन् ।
अर्थमन्त्रालय मतहतमा रहेका शिवलाल तिवारी, ढुण्डीप्रसाद निरौला, टोकराज पाण्डे, नारायणप्रसाद सापकोटा, रामकुमार महतो, नरेन्द्र रानामगर बाहिरिएका छन् ।
ऋषिराम तिवारी,कृष्ण प्रसाद लम्साल,रमेश ढकाल पनि गृह प्रवेश पाएका स्रोतले जानाकारी दिएको छ । यसबाहेक अन्य सहसचिव समेत सरुवा भएका छन् ।
को कँहा पुगे
चण्डी प्रसाद घिमिरे : प्रम कार्यालय
कृष्णकुमारी श्रेष्ठ : प्रम कार्यालय
यमलाल भुसाल : प्रम कार्यालय
विनोद बहादुर कुँवर : प्रम कार्यालय
शिवलाल तिवारी : प्रदेश प्रमुख कार्यालय कर्णाली
ढुण्डीराज निरौला : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नरेन्द्र कुमार राना : लोकसेवा आयोग
नारायण प्रसाद सापकोटा : निर्वाचन आयोग
रितेश कुमार शाक्य : सामान्य अतिरिक्त
टंक प्रसाद पाण्डे : सामान्य अतिरिक्त
रामकुमार महतो : लोकसेवा आयोग
बाबुराम गौतम : मुख्यमन्त्री का गण्डकी प्रदेश
हुमकला पाण्डे : उद्योग वाणिज्य तथा आपुर्ति
लक्ष्मी प्रसाद भट्टराई : शिक्षा मन्त्रालय
निता पोखरेल : निर्वाचन आयोग
नारायण प्रसाद भट्ट : सर्तकता केन्द्र
पुश्कर न्यौपाने : कोशी प्रदेश प्रमुखको कार्यालय
हेमराज तामाङ : कोशी प्रदेश मुख्य मन्त्री कार्यालय
रुद्र प्रसाद पण्डित : राष्ट्रिय योजना आयोग
कमल प्रसाद भट्टराई : राष्ट्रिय सुचना आयोग
इश्वर राज पौडल : मुख्यमन्त्री कार्यालय वाग्मती प्रदेश
पुश्पराज शाही : कर्णाली मुख्य मन्त्री कार्यालय
प्रकाश दाहाल : संघीय मामिला तथा सामान्य प्रशासन
राजेश्वर ज्ञावली : राष्ट्रिय योजना आयोग
रघुराम विष्ट : मुख्य मन्त्री कार्यालय गण्डकी
ज्ञानहरि घिमिरे : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
नारायण रेग्मी : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय
रामकृष्ण लामिछाने : पर्यटन मन्त्रालय
डा टोकराज पाण्डे : गृह मन्त्रालय
ऋषिराम तिवारी : गृह मन्त्रालय
कृष्ण प्रसाद लम्साल : गृह मन्त्रालय
रमेश ढकाल : गृह मन्त्रालय
भरत खनाल : परराष्ट्र मन्त्रालय ९महावाणिज्यदूतका लागि०
झक्क प्रसाद आचार्य : परराष्ट्र मन्त्रालय
लक्ष्मी प्रसाद निरौला : परराष्ट्र मन्त्रालय
विन्देश्वर प्रसाद लेखक : परराष्ट्र मन्त्रालय
मदन दाहाल : अर्थ मन्त्रालय
निराजन घिमिरे : राष्ट्रपति कार्यालय
चक्र बहादुर बुढा : राष्ट्रिय सुरक्षा परिषद् सचिवालय
सूर्य बहादुर खत्री : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
प्रदिप कोइराला : श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
दिपक नेपाल : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
सुमन दाहाल : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
महेश भट्टराई : अर्थ मन्त्रालय
हरिशरण पुडासैनी : अर्थ मन्त्रालय
दिपक लामिछाने : अर्थ मन्त्रालय
गोपीकृष्ण कोइराला : अर्थ मन्त्रालय
यमुना प्रधान : अर्थ मन्त्रालय
कविता रेग्मी : अर्थ मन्त्रालय
श्याम भण्डारी : अर्थ मन्त्रालय
नवराज ढुंगाना : सुदूर पश्चिम प्रदेश
अर्जुन भण्डारी : सुदूर पश्चिम प्रदेश
ढुण्डी निरौला : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
शिवराम पोखरेल : उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय