काठमाडौं । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडको सीईओमा रमेश आचार्य नियुक्त भएको छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छनौट समितिबाट तीन जनाको नाम मन्त्रीपरिषद् बैठकमा पेश भएको थियो । डिल्लीराम लम्साल, गोपीनाथ न्यौपाने र आचार्य सिफारिस भएका थिए ।
मन्त्रीपरिषद् बैठकले भने आचार्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।
सीईओको लागि बैशाखमा आवेदन खुलाएको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको लागि १८ जनाले आवेदन दिएका थिए । वैशाख ४ गते आवेदन माग भएको थियो । उक्त आवेदन अनुसार उम्मेदवारी दिनेमा यसोदा कार्की, भिमबहादुर थापा, गोपाल घिमिरे, कविप्रसाद पाठक, बालकृष्ण बस्नेत, संजीव रोकाहा, श्यामदत्त भट्ट, बिष्णु मिश्र रहेका थिए ।
सीईओका लागि छत्रबहादुर कटुवाल , रामदेव यादव, कुलप्रसाद राई, जीवनारायण काफ्ले, भूपेन्द्रप्रसाद अर्याल , नरेन्द्रबहादुर बोहोराले समेत आवेदन दिएका थिए।