पूर्वप्रशासक चूडामणि शर्माले गरे आत्मसमर्पण !

काठमाडौं । पूर्वप्रशासक चूडामणि शर्माले आत्मसमर्पण गरेका छन् । विशेष अदालतबाट भ्रष्टाचार कसुरमा दोषी ठहर भएका पूर्वप्रशासक चूडामणि शर्मा आत्मसमर्पण गरेर थुनामा बसेका हुन् ।

थुनाबाहिरै रहेर विशेष अदालतको फैसलाविरूद्ध पुनरावेदन गर्न नपाएपछि आत्मसमर्पण गरेको पाइएको छ ।
कर फस्र्योट आयोगमा छँदा व्यापारीहरूलाई ठूलो रकम छूट दिएको प्रकरणमा उनी दोषी ठहर भएका थिए ।

उनी आन्तरिक राजस्व विभागको महानिर्देशक छँदा आयोगको सदस्य सचिव भएर काम गरेका थिए ।

उनी सहति भ्रष्टाचार मुद्दा चलाएको थियो ।विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले ९ वर्ष कैद गर्नुका साथै बिगो र जरिवाना तोकेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स