भारतले लियो हतियार निर्यातको योजना, ४ वर्षमा ३० खर्ब रक्षा सामाग्री उत्पादन गर्ने

काठमाडौं । भारतले हतियार निर्यातको योजना लिएको छ । आर्थिक वर्ष २०२८ /२९ सम्ममा ३० खर्ब भारु बराबरको रक्षा सामाग्री उत्पादन गर्ने लक्ष्य लिएको छ ।

जसमा ५ खर्ब भारु बराबरको रक्षा सामग्री त निर्यात नै गर्ने रोडम्याप तय गरेको हो । यसमा हतियार लगायत अन्य रक्षा सामाग्री रहेको जनाइएको छ ।

गत आर्थिक वर्षमा भारतको रक्षा सामाग्री उत्पादन ७ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको थियो ।
त्यो भन्दा अघिल्लो वर्ष १० खर्ब रुपैयाँ बराबरको थियो । जुन निरन्तर घटेको देखिन्छ । त्यसलाई बढाएर निर्यातको योजना बनाएको हो ।
एजेन्सीबाट

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स