एमाले र कांग्रेस गठबन्धन कसले गरायो ? मोतीलाल दुगडको भूमिका कति ?

काठमाडौं । संसदको दुई ठूला दलको नेतृत्वमा सरकार बन्ने भएको छ । राष्ट्रपतिले दुईभन्दा बढि दल मिलेर बहुमत सहित सरकार दावी गर्न आउनु भनेपछि यी दुई दलको नेतृत्वमा सरकार बन्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विश्वासको मत लिए । उनी अल्पमतमा समेत देखिए । अब बन्न सक्ने नयाँ सरकारको पक्षमा झण्डै २ सय सांसद देखिएका छन् ।

विश्वासको मतको परिणाम अनुसार ३२ सिटको माओवादी, २१ सिटको रास्वपा र १० सिटको नेकपा एस प्रतिपक्षमा रहने देखिएको छ ।
अन्य दल भने सरकारलाई सहयोग गर्ने देखिन्छ । यसरी संसदको प्रमुख दुई दलको गठबन्धन गराउनुनमा शेरबहादुर देउवा र केपी शर्मा ओली भन्दा बाहेकको पनि महत्वपूर्ण भूमिका रह्यो ।

स्रोतका अनुसार नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार निर्माणको मुख्य सुत्रधार एमाले केन्द्रिय सदस्य एवं उद्योगी मोती दुगड हुन् । उनी एमालेको उद्योग विभाग प्रमुख समेत हुन् ।

एमाले मोआवादीको नेतृत्वमा सरकारमा थियो । सरकारमा गएको ममेत ४ महिना हुँदै छ । यसै अवस्थामा नयाँ गठबन्धन बन्न निकै मुस्किल थियो ।

दुगड सक्रिय नरहेको भए सायद एमाले–कांग्रेस गठबन्धनको सरकार सम्भव नै थिएन ।

सुरुमा यो गठबन्धको कुरा उठाउने नै दुगड भए । मोती दुगडले सुरुमा एमाले कांग्रेस गठबन्धनको सरकार बनाउँ भनेर प्रस्ताव गर्दा दुवै पार्टीका शिर्ष नेताहरू मान्न तयार भएनन् । तर पनि हार नखाई दुगड निरन्तर दुवै पार्टीका शिर्ष नेताहरूसँग भेटघाट र सम्वाद गर्दै देशको आर्थिक उन्नति तथा समृद्धिका लागि स्थायी सरकारको आवश्यकता रहेको र जसका लागि ठूला दुई दल मिल्नु पर्ने गरेको प्रयास सफल भएका छन् ।

जसको चौतर्फी प्रशंसा भई रहेको छ । यो अर्थमा की प्रमुख दुई दलको सरकारबन्दा धेरै विश्वास हुने आँकलन छ ।
अहिले अर्थतन्त्र निकै कमजोर बनिरहेको छ । नेपालको अर्थतन्त्रको हिस्सा औनाचारिक रहेको तथा नेपालीहरु जिविकोपार्जनको लागि कृषि पेशा गर्दै आएकोले ठूलो चपेटामा त पुगेको छैन ।
तर व्यवसाय पनि कमजोर बनिरहेको छ । त्यसको असर सरकारको आम्दानीमा समेत परिसकेको छ । सरकारले नै आफ्नो खर्च चलाउन निकै गाह्रो हुने देखिसकेको छ । आन्तरिक ऋणको सीमा बढाइरहेको छ । अनुदान कमजोर भैरहेको छ । बाह्य ऋण उठाउन समेत कमजोर सरकार हुँदा परियोजना देखाउन सकिरहेको छैन ।

प्रधानमन्त्री एकै रहे पनि सरकार अदलीबदली भने भैरह्यो । सरकारले अर्थतन्त्रमा रहेका समस्याको पहिचान गरेर समस्या समाधान गर्न सकेन । अर्थतन्त्र चलायमान बनाउने र विदेशी लगानीको बाटो कोर्ने रुपमा ल्याइएको योजना अर्थात् विदेशी लगानी कर्ताहरुको सम्मेलन पूर्ण रुपमा असफल भयो । तर अब भने दुई ठूला दलको नेतृत्वमा सरकार बन्ने भएको छ । नयाँ सरकारको पक्षमा झण्डै २ सय सांसद देखिएका छन् ।

अहिलेको समस्या समाधानको लागि विश्वासको खाँचो रहेको भनाई विज्ञ र निजी क्षेत्रबाट आइरहेको छ ।
अस्थिर सरकार नहोस्, अस्थिर नीतिहरु नरहोस् भन्ने चाहनाको साथ आत्मबल बढाउने नीतिहरुको चाहना राखिदै आएको छ ।
यस्तो अवस्थामा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेसहित मिलेर बनेको सरकार स्थिर हुनसक्नुपर्ने छ ।
समस्या समाधानको लागि आत्मबल बढाउने नीतिहरु सरकारले सार्वजनिक गर्र्न सक्नु्पर्ने हुन्छ । यो विश्वास सहित सरकार बन्न लागेको अवस्थामा गठबन्धनको योजनाकार दुगडको प्रशंसा समेत भैरहेको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स