काठमाडौं । नेपालमा निर्वाचन ५ \५ वर्षमा हुन्छ । यसको मतलव हो, पाँच वर्षसम्म एउटै सरकार चलोस् भन्ने हो । तर यस अघिको निर्वाचनमा कुनै दलको पनि स्पष्ट बहुमत देखिएन ।
निर्वाचन प्रणाली र जनप्रतिनीधिको संख्याको कारण आगामी दिनमा समेत बहुमत ल्याउन निकै ग्राह्रो छ ।
यस्तै कारण यस अघिको निर्वाचन पछि प्रतिनीधि सभाको तेस्रो दल त्यो पनि जम्मा ३२ सिट संख्या रहेको नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्यो ।
सरकार बन्दै गर्दा नेपाल आर्थिक मन्दीकै चरणमा थियो ।
अहिले पनि अर्थतन्त्र निकै कमजोर बनिरहेको छ । नेपालको अर्थतन्त्रको हिस्सा औनाचारिक रहेको तथा नेपालीहरु जिविकोपार्जनको लागि कृषि पेशा गर्दै आएकोले ठूलो चपेटामा त पुगेको छैन ।
तर व्यवसाय कमजोर बनिरहेको छ । त्यसको असर सरकारको आम्दानीमा समेत परिसकेको छ । सरकारले नै आफ्नो खर्च चलाउन निकै गाह्रो हुने देखिसकेको छ । आन्तरिक ऋणको सीमा बढाइरहेको छ । अनुदान कमजोर भैरहेको छ । बाह्य ऋण उठाउन समेत कमजोर सरकार हुँदा परियोजना देखाउन सकिरहेको छैन ।
प्रधानमन्त्री एकै रहे पनि सरकार अदलीबदली भने भैरह्यो । सरकारले अर्थतन्त्रमा रहेका समस्याको पहिचान गरेर समस्या समाधान गर्न सकेन । अर्थतन्त्र चलायमान बनाउने र विदेशी लगानीको बाटो कोर्ने रुपमा ल्याइएको योजना अर्थात् विदेशी लगानी कर्ताहरुको सम्मेलन पूर्ण रुपमा असफल भयो । प्रकाशशरण महतले ल्याएको योजना वर्षमान पुनले कार्यान्वयन गर्दा पुन पूर्ण रुपले असफल भए ।
तर अब भने दुई ठूला दलको नेतृत्वमा सरकार बन्ने भएको छ । नयाँ सरकारको पक्षमा झण्डै २ सय सांसद देखिएका छन् ।
आज विश्वासको मतको परिणाम अनुसार ३२ सिटको माओवादी, २१ सिटको रास्वपा र १० सिटको नेकपा एस रहेने देखिएको छ ।
अन्य दल भने सरकारलाई सहयोग गर्ने देखिन्छ ।
अहिलेको समस्या समाधानको लागि विश्वासको खाँचो रहेको भनाई विज्ञ र निजी क्षेत्रबाट आइरहेको छ ।
अस्थिर सरकार नहोस्, अस्थिर नीतिहरु नरहोस् भन्ने चाहनाको साथ आत्मबल बढाउने नीतिहरुको चाहना राखिदै आएको छ ।
यस्तो अवस्थामा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेसहित मिलेर बनेको सरकार स्थिर हुनसक्नुपर्ने छ ।
समस्या समाधानको लागि आत्मबल बढाउने नीतिहरु सरकारले सार्वजनिक गर्र्न सक्नु्पर्ने हुन्छ । अर्थतन्त्र चलायमान
बनाउन धेरै चलक नीतिहरु अपनाइसकको अवस्थामा समेत वस्तु खपत बढ्न सकिरहेको छैन ।
आत्मबल बढाउन र विश्वास कायम गर्न आगामी सरकारले कसरी काम गर्छ त्यो भने हेर्न बाँकी छ ।