विद्युत प्राधिकरणले महानगरलाई भन्यो, ५ वर्षमा २ अर्ब तिर्नु

काठमाडौं । काठमाडौं महानगरपालिका लगायतका स्थानिय तहलाई सडक बत्तीबापतको शुल्क तिर्न ५ वर्षको समय दिएको छ । नेपाल विद्युत प्राधिकरणले सडक बत्तिबापतको पैसासा लिर्नको लागि ६० महिनाको किस्ता सुविधा प्रदान गरेको हो ।

नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनामा सडक बत्ती जडान गरि विद्युत उपभोग गरेका स्थानिय तहले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउनु पर्ने भनिएको छ ।

प्राधिकरणको संचालक समितिले महसुल बुझाउन पाउने गरि ४५ दिनको सार्वजनिक सूचना जारी गर्ने भन्ने निर्णय भएको हुँदा सम्बन्धित स्थानीय तहलाई वितरण केन्द्रमा सम्पर्क गर्न प्राधिकरणले भनेको हो । किस्ताबन्दीको लागि आवेदन समेत दिनुपर्ने छ ।

प्राधिकरणणले काठमाडौं महानगरपालिकाको मात्रै २ अर्ब रुपैयाँ सडक बत्ती बापतको रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स