काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको लागि १८ जनाले आवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुसार माग भएको आवेदन अनुसार १८ जनाले उम्मेदवारी दिएका हुन् ।
बैशाख ४ गते आवेदन माग भएको थियो । उक्त आवेदन अनुसार उम्मेदवारी दिनेमा विष्णुवावु मिश्र, यसोदा कार्की, भिमबहादुर थापा, डिल्लीराज लम्साल, गोपाल घिमिरे, कविप्रसाद पाठक, बालकृष्ण बस्नेत, संजीव रोकाहा, गोपीकृष्ण न्यौपाने, रमेश आचार्य, श्यामदत्त भट्ट रहेका छन् ।
त्यस्तै गरि छत्रबहादुर कटुवाल , रामदेव यादव, कुलप्रसाद राई, जीवनारायण काफ्ले, भूपेन्द्रप्रसाद अर्याल , नरेन्द्रबहादुर बोहोराले समेत आवेदन दिएका छन् ।
भएका आवेदनबाट कार्ययोजना प्रस्तुतीकरण र अन्तरर्वार्ता हुनेछ । जसबाट ३ जनाको नाम छनौट हुनेछ । उक्त तीन जना मध्ये एक जनालाई मन्त्रीपरिषद्को बैठकले सिईओको जिम्मेवारी दिने छ ।