काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको सिफारिस समितिले ३ जना उम्मेदवार कुरेको कुरै गरेको पाइएको छ । संक्षिप्त सूचिमा परेका ५ जना मध्ये २ जनाको २ गते अन्तरवार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सकिएको र बाँकी ३ जनाको लागि आज पुनः मिति तय भएको थियो ।
तर आज पनि ३ जना उपस्थित भएका छैनन् । सिफारिस समितिका संयोजक मीनबहादुर श्रेष्ठ, सदस्यहरु अर्थसचिव मुधुकुमार मरासिनी र उदय निरौला अहिलेसम्म पनि राष्ट्रिय योजना आयोगमा कुरेको कुर्यै छन् ।
योजना आयोगबाट हाम्रोअर्थलाई प्राप्त सूचना अनुसार ८ः४५ देखि नै कुरेर बसिरहेका छन् ।
बोर्ड अध्यक्षको लागि १९ जनाको आवेदन परेको थियो । त्यसमा ५ जना संक्षिप्त सूचिमा समावेश भएका थिए । संक्षिप्त सूचिमा समावेश हुनेमा कृष्णबहादुर कार्की, चिरञ्जीवि चापागाई, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ रहेका छन् ।
सबैलाई गत २ गते अन्तरवार्ताको लागि बोलाइएको थियो । र मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै उपस्थित भए । बाँकी रहेका ३ जना २ गते उपस्थित भएननन् । उनीहरुलाई आज ९ बजे बोलाइएको थियो । तर तीनै जना अहिलेसम्म उपस्थित भएका छैनन् ।