काठमाडौं । धितोपत्र बोर्डमा नयाँ स्टक एक्स्चेन्जको लागि तीन वटा आवेदन परेको छ ।
त्यो आवेदन र धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया आपसमा जोडिएको समेत छ ।
धितोपत्र बोर्डको अध्यक्ष मंसिरदेखि रिक्त रहे पनि अहिलेसम्म नियुक्ति हुन नसकको अवस्था हो ।
रमेश हमालले बाहिरिएपछि रिक्त रहेको अध्यक्षमा सुरुदेखि नै भएको चलखेल अहिले पनि कायम छ ।
हमाल रहँदै नयाँ स्टकको लाइसेन्सको माग भएको थियो । तर हमालले लाइसेन्सको प्रक्रियामा लगेपनि टुंग्याउन भने सकेनन् । त्यसपछि नयाँ स्टकको आवेदन दिनेहरु नै अध्यक्षमा आउने व्यक्तिहरु प्रति चासो राख्न थाले ।
सरकारले नयाँ अध्यक्षको लागि अवोदन खुलायो । त्यसमा आवेदन दिनेहरु १९ जना भए । आवेदन दिनेहरुमा मध्ये ५ जनाको संक्षिप्त सूचि तयार भयो ।
छनौट समितिमा रहेका योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, उदय निरौला र तत्कालिन अर्थसचिव कृष्णहरि पुस्करले कृष्ण बहादुर कार्की, नवराज अधिकारी, सन्तोषनारायण श्रेष्ठ, मुक्ति र चिरञ्जीवि चापागाईको नाम छाने ।
यो काम चैत २५ गते भएको थियो । यी मध्ये दुई जनालाई अन्तरवार्ता तथा कार्ययोजना प्रस्तुतीमा अन्सतोष जनाउँदै फाल्न पर्ने थियो ।
यसको लागि आज विहान अन्तरवार्ताको लागि सबैजनालाई बोलाईयो ।
तर सन्तोष नारायण श्रेष्ठ र मुक्ती श्रेष्ठ मात्रै उपस्थिति भए । बाँकी ३ जना सहभागी नै भएनन् ।
यसरी सहभागी नहुनुमा बिहिबारको बालुवाटारको बैठक मुख्य घटक देखिएको छ ।
अध्यक्ष नियुक्तीमा धेरै चलखेल नयाँ स्टक लाईसेन्सका आवेदकहरुले गर्न थाले पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य दावेदार २ वटा कम्पनीका मुख्य लगानीकर्तालाई बोलाएका थिए ।
नयाँ लाइसेन्सको लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जका नाममा ३ आवेदन छ ।
हिमालयन स्टक एक्सचेञ्जको मुख्य लगानीकर्ताहरूमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख सेयरधनी छ् ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख सतीश मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मित्सुबिसी कम्पनीको आधिकारिक बिक्रेता आशिष श्रेष्ठ, शिवम् सिमेन्टका सञ्चालक तथा साओमी मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल, विवेक दुगड र राजेन्द्र खेतानले हिमालयन स्टक एक्सचेञ्जमा लगानी गरेका छन् ।
आवेदन दिने नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशी, रविजंग लामिछाने, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुप र आइएमई ग्रुपको समेत लगानी रहेको छ।
त्यसैगरी अर्को कम्पनी अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन् ।
यसको सबै लगानीकर्तालाई नभई मुख्यलाई बोलाइएको थियो । अन्नपूर्ण स्टक एक्सचेन्ज मुख्य प्रतिस्पर्धामा छैन ।
त्यसकारणले दुई कम्पनीका लगानीकर्तालाई बोलाइएको हो । दुई कम्पनीलाई मिलेर अघि बढ्न प्रधानमन्त्रीले बिहिबार भनेका थिए । एक लाइसेन्समा दुबै टिम सहभागी हुन आग्रह गरेका थिए ।
\प्रधानमन्त्रीको आग्रह सँगै उक्त बैठकमा हिमालयन स्टक एक्सचेञ्जका आवेदक दीपक भट्टले नयाँ स्टकको परिकल्पना नै आफ्नो भएको बताए । नयाँ रिइसुरेन्स कम्पनी थिएन । उनले हामीले नै कल्पना गरेर अहिले राम्रो काम गरिरहेको बताए । त्यस्तै नयाँ स्टकको समेत कल्पना हामीले गरेको र यो प्रोजेक्ट नै हाम्रो हो भन्ने सम्मको दावी गरे । त्यसपछि झनै माहोल बिग्रिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारी बताउँछन् ।
उनी भन्छन,‘ १० प्रतिशत वा सो भन्दा कम मात्रै सेयर साझा गर्न सकिन्छ, त्यो भन्दा बढि आफ्नो कल्पानाको प्रोजेक्टमा सहभागी गराउन सकिदैन भनेका थिए । त्यसको प्रभाव आजको अन्तरवार्तामा देखियो ।’
हिमालयन स्टक एक्सचेञ्जको टिमले सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाउने मुख्य व्यक्तिको रुपमा राखेको छ । भने विकल्पमा मुक्ति श्रेष्ठलाई राखेको छ । आज अन्तरावर्तामा समेत ती दुई जना मात्रै सहभागी रहे ।
दीपक भट्टको त्यो भनाई पछि सिफारिस भए पनि अध्यक्ष नहुने फिक्स भएका चापागाई , कार्की र अधिकारी सहभागी नभएको बुझिएको छ ।