धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्तामा कोहि बिहानै पुगे, कोहि जाँदै गएनन्

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्ता आज विहान ९ बजेलाई बोलाइएको थियो । चैत २५ गते नै पाँच जनाको छनौट भएपनि प्रक्रिया स्थगित गरि आज अन्तरवार्ता बोलाईएको थियो ।

बोर्ड अध्यक्ष छनौट समितिले उत्कृष्ट पाँच जनाको नाम अन्तिम सूचि बनाएको थियो । बोर्ड अध्यक्ष बन्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, हालको बीमा प्रधिकरण साबिकको बीमा समितीका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, बोर्डका निर्देशकहरु मुक्ति श्रेष्ठ, डा नवराज अधिकारी र सन्तोष नारायण श्रेष्ठ उत्कृष्ट पाँच जनामा समावेश छन् ।

यी पाँच जनालाई अन्तरवार्ताको राष्ट्रिय योजना आयोगमा बोलाईए पनि दुई जना मात्रै उपस्थित भएको पाइएको छ । आज आयोगमा मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै उपस्थित भएको पाइएको हो ।
१९ जनाले आवेदन दिएकोमा अन्तरवार्ता दिने समयमा २ जना मात्रै भएका छन् ।

कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तरवार्ताको लागि बोलाइएकोमा सन्तोषनारायण श्रेष्ठ विहान ८ जे नै पु्गेका थिए ।
त्यसपछि मुक्ति श्रेष्ठ पनि आईपुगे तरअन्य तीन जना भने सहभागी नै नभएको पाइएको छ ।

अध्यक्षको नियुक्तीको प्रक्रियामा भने तीन जनाको नाम सिफारिस गर्ने भनिएको छ । तीन जनाको नाम अर्थमन्त्रीले मन्त्रीपरिषद् बैठकमा पेश गर्नुपर्ने हुन्छ । अब यसको प्रक्रिया के हुन्छ त्यो भने हेर्न बाँकी रहेको छ ।

योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजक रहेको छनौट समितिमा अर्थसचिव , र प्राध्यापक उदय निरौला रहेका छन् । यो समितिले ३ जनाको नाम पठाउन नपाउने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स