सत्तापक्षले पनि बजेटको आलोचना गर्ने

काठमाडौं । भर्खरै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट कार्यक्रमको सत्ता पक्षले पनि आलोचना गर्ने भएको छ । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गल्ति कमजोरीको आलोचना गर्न निर्देशन दिएका हुन ।

सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेश गरेको बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न सकिने बताएका उनको भनाई छ । शनिबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको एमाले संसदीय दलको बैठक बसेको छ ।
उक्त बैठकको सम्बोधन गर्दै बहुवर्षिय आयोजनाहरुमा नियमसंगत रुपमा बजेट वितरण भए नभएको हेर्ने र अनियमित ढङ्गले बजेट वितरण गरिएको भए आवाज उठाउन सकिने बताएका हुन् । सबै सांसदले आफ्नो क्षेत्रको आयोजनालाई लिएर प्रश्न उठाउन सकिने बताएका हुन् ।

प्रतिपक्षमा रहेको नेपाली कांग्रेश लगायतले त बजेट सार्वजनिक भएसँगै आलोचना गर्दै आएका छन् । त्यस्तै बजेटमा धेरै चासो रहने निजी क्षेत्रले भने विगतका बजेटका तुलनामा यो वर्ष कम आलोचना गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स