काठमाडौं । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडका सिईओ मोहनप्रकाश चन्दलाई पदमा थमौति गर्न अदालतले अस्विकार गरेको छ ।
१ वर्ष कार्यकाल रहँदा उमेर हदले बाहिरिन परेपछि उनी अदालत गएका थिए ।तर अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।
सिईओ चन्द कार्यावधि नसकिदै बाहिरिएका थिए । उनी उमेर हदका कारणले बैशाख पहिलो हप्ता बाहिरिएका थिए । तर उनी अदालत मा उज्री गरेर बैशाख १२ गते देखि नै काममा फर्किएका थिए ।
अदालतमा काममा निरन्तरताको लागि अन्तरिम आदेश माग गरेको भए पनि उनी अदालतले अन्तिम आदेश आवश्यक नपर्ने निर्णय गरेको हो ।