अर्थतन्त्र चलायमान नहुँदा ३५ प्रतिशत सटर बन्द भए, कांग्रेसको ईमेज ड्यामेज हुँदछः प्राडा. गोविन्दराज पोखरेल

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले अर्थतन्त्र चलायमान बनाउने नीति अर्थमन्त्रीसँग नहुँदा ३५ प्रतिशत सटर बन्द भएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उनले आर्थिक मन्दीबाट बाहिर निस्कन सरकारले कुनै कदम नचालेको आलोचना बाहिर भइरहेको बताए । ‘मन्दीको अवस्थामा अर्थतन्त्र चलायमान बनाउने नीति अवलम्बन गर्न नसकेको भनी सरकारको भइरहेको छ,’ उनले भने ‘सरकारले समयअनुकूल नीति लिन नसक्दा बैंकमा रकम थुप्रियो ।’

‘बैंकमा ५ खर्ब थन्किएको छ । सरकारले राम्रो नीति नबनाउँदा त्यो पैसा बाहिर आउन सकेन, लगानी हुन सकेन’, पोखरेलले भने,’ दसैंको मुखमा बजार सुनसान छ । सरकार यसमा गम्भीर नै देखिंदैन ।’

अर्थमन्त्री डा प्रकाशरण महतले अर्थतन्त्र चलायमान बनाउन नसकेको बरु अनुत्तरदायी अभिव्यक्ति दिंदै हिंडेको आरोप लगाए । उनले भने –‘अर्थमन्त्री राष्ट्र बैंकलाई मौद्रिक नीति कडा ल्याएको भनेर गाली गर्नुहन्छ । गभर्नर सरकारको नीतिका कारण अहिलेको स्थिति निम्तिएको भन्छन्। सरकारको संवेदनशील अंगमा बसेर यसरी अनुत्तरदायी भएर बोल्नु भएन ।’

अर्थमन्त्री महतले आर्थिक गतिविधि बढाउन मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने अभिव्यक्ति सार्वजनिक मञ्चबाट बोलिरहेकपनि गभर्नर महाप्रसाद अधिकारीले उनको कुरो सुनेको देखिंदैन। पोखरेलले अर्थ मन्त्रालयमा ९ महिनामा तीन पटक सचिव फेरिसके । अर्थमन्त्रीको काम सचिव फर्नेभन्दा पनि अर्थतन्त्र चलायमान गराएर यो मन्दीबाट बाहिर निकाल्नेमा केन्द्रीत हुनुपर्ने हो ।

‘देशको आर्थिक अवस्था जर्जर छ । व्यवसाय ठप्प छ । तर व्यवसायमैत्री भनिने हाम्रो हाम्रो पार्टीको अर्थमन्त्री भएकै बेला व्यवसायीले काम गरेको रकम भुक्तानी पाउन सकका छैनन्’, लामाले भने, ‘७५ प्रतिशत व्यवसायी डेमोक्रेट हुन्। भुक्तानी नपाएपछि तथा व्यवसाय ठप्प भएपछि ती साथीले साथ दिइरहन्छन् भन्ने छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स