काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह, विश्व प्रतिष्ठित म्यागेजिन टाइमको १०० उदयीमान व्यक्तिहरुको सूचीमा परेका छन् । सेप्टेम्बर १३ मा प्रकाशित टाइम म्यागेजिन १०० नेक्स्टको सूचीमा शाह परेका हुन् । म्यागेजिनले मेयर बालेन साहले गरेका काम, निर्णय र आक्रोशलाई ‘बालेन प्रभाव’ भनेर सम्बोधन गरेको छ ।
सन् २०० को मे महिनामा भएको निर्वाचनमा सम्भावित विजेताको रुपमा उदाएका साहको चस्मा नै राजधानीमा प्रख्यात भएको म्यागेजिनले उल्लेख गरेको छ । स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गरेका ३३ वर्षिय शाहले पुराना राजनीतिक दलहरुप्रति सामाजिक सञ्जालहरुमा व्यक्त गरेको आक्रोशलाई म्यागेजिनले ‘बालेन प्रभाव’ भनेको छ ।
ठूला ठूला कुरा नगरी साधारण तथा अति आवश्यक परिवर्तनका वाचा गरी स्वतन्त्र उम्मद्वारी दिएका साहले स्थानिय निर्वाचनमा ठूला र स्थापित राजनितिज्ञहरूलाई हराएको टाइमले उल्लेख गरेको छ ।
मेयर साहले डेढ वर्षमा शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा राम्रो सुरुवात गरेका छन् । साथै खुलामञ्चमा भूमिगत पार्किङ बनाउने उनको घोषणा गरेका छन् । यद्यपि फुटपाथ खाली गर्ने नाममा नगर प्रहरीबाट साना व्यापारीमाथि भएको माथि भएको दूव्र्यहारको भने आलोचना भइरहेको छ ।
तर उनको लोकप्रियता नेपालका अरु नेताको तुलना निकै माथि छ । कतिसम्म भने ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने अराजनीतिक र गैरजिम्मेवार अभिव्यक्तिमा समेत साथ दिनेहरु थुप्रै देखिए । समाचार माध्यमहरूमा समाचार बने ।
साहले नकुहिने फोहोरहरू व्यवस्थापन गर्न विभिन्न निकायहरूसँग सम्झौता गरेको टाइमले उल्लेख गरेको छ ।