बालेनले जरिवाना तोकेर पठाएको पत्र पूर्व राजा ज्ञानेन्द्रले लिन मानेनन्

काठमाडौं । काठमाडौं महानगरपालिकाले जरिवाना तोरेर पठकाएको पत्र पूर्व राजा ज्ञानेन्द्र हाहले बुझन् मानेनन् । महानगरको टोलि निर्मलनिवासमा पत्र बुझाउन गएपछि पूर्व राजाले पत्र लिन अस्विकार गरेपछि फर्किएको हो।

शुक्रबार राजावादी आन्दोलनको क्रममा तीनकुने, कोटेश्वर क्षेत्रमा क्षति तथा फोहोर गरे पछि जरिवानाको पत्र काटिएको थियो ।

महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा पत्र काटेको थियो । महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको छ ।

पत्र अनुसार महानगरको दमकल फुटाएकोमा १ लाख ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ । कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा १ लाख जरिवाना तोकिएको छ । तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा फोहोरमैला गरेकोमा १ लाख रुपैयाँ तोकिएको छ ।

जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा १ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा १ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा १ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोमा १ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड गरेकोमा ४० हजार रुपैयाँ तोकिएको छ । तीनकुनेको आइल्याण्डमा तोडफोडमा २३ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

हेडलाइन्स