कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय  गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएको भन्दै पदबाट हटाइएको हो । उनले सरकारको नीति निर्देशनहरु नमानेको आरोप छ ।

त्यस्तै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।  मन्त्रिपरिषदको बैठकले शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया

हेडलाइन्स