काठमाडौं । अर्थतन्त्र केहि वर्षदेखि निष्क्रिय छ । अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्दै सरकारले पनि बहस चलाएको धेरै भैसक्यो ।
तर पनि विज्ञहरुले सरकारले अझै अर्थतन्त्रको अवस्था अनुरुप नीति लिन नसकेको भनिरहेका छन् ।
सरकार अर्थतन्त्रमा रहेको समस्या समाधानको लागि केके काम त्यसको लेखा जोखा आफ्नो ठाउँमा होला । तर नेपालका मुख्य उद्योगीहरु नै हामी पिडित छौं, प्रताडीत नै भएको भनिरहेको छन् । यस्तो अवस्थामा देश कसरी समृद्ध बन्ला आफै सोचनीय विषय बनेको छ ।
नेपालमा वस्तु उत्पादन बढाउनु, निर्यात बढाउनु, वस्तुको खपत बढाउनु जस्ता काममा सरकारले ध्यान दिनुपर्ने हो । तर उद्योगहरु संचालन हुने बाटो मै छैनन् ।
उनीहरु १२ घण्टा भन्दा बढि समय लोडसेडिङमा छौं भनिरहेका छन् । उनीहरु विद्युत नभएको कारण वस्तु उत्पादन गर्न सकिरहेका छैनौं भन्दै चिच्याइरहेका छन् । यसको समाधानमा गम्भिर नभई देश समृद्ध बनाउने बाटोमा राज्यको कुन निकायले के काम गरिरहेको होला ?
आज नै नेपाल सिमेन्ट उत्पादनक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादनक संघले विद्युत नभएको कारण आफुहरु पिडित बनेको जानकारी गराउन पत्रकार सम्मेल नै आयोजना गरेका थिए ।
नेपाल विद्युत प्राधिकरणले उद्योगमा बिना जानकारी लामो समय विद्युत कटौति गरेको गुनासो गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले उद्योगहरू देशका लागि दुस्मन नभएको बताए । उनले भने,‘ हामी पनि प्रगति चाहन्छौं । अहिले भने आफूहरुलाई पिडित बनाइएको छ ।‘
त्यस्तै गरि उनले लोडसेडिङको समयमा विद्युत प्रयोग भएको छ भने प्रमाण दिनुप¥यो । प्रमाणसँग हामी बिल समेत तिर्न तयार रहेको जानाकारी दिए ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष तथा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारुले लोडसेडिङ नहुने घोषणा भएसँगै हामी खुसी भएको अवस्थामा अहिले त १२ घण्टा भन्दा बढि लोडसेडिङ भैरहेको जानाकारी दिए ।
उनी भन्छन्, ‘विद्युत प्राधिकरणमा गुनासो लिएर जाँदा राजनीति गर्न आएको भन्दै धम्काउने गरिन्छ । यदि लोडसेडिङ छ भने तालिका दिनुप¥यो, हामी हाम्रा उद्योग त्यही अनुसार सञ्चालन गछौं । तर कुलमान घिसिङले सार्वजनिक रूपमा लोडसेडिङ नभएको बताइरहेका यो निकै गलत छ ।’
स्टील उत्पादक संघका शोभाकर न्यौपानेले स्टील उद्योगमा लोडसेडिङका कारणले नै अहिले स्टिलको मूल्य बढेको गुनासो गरे ।
धागो उत्पादक संघको तर्फबाट शशिकान्त अग्रवालले लोडसेडिङले उद्योगहरूलाई धरासायी बनाएको बताए । आर्थिक विकासमा गम्भीर प्रभाव पारेको छ । विद्युत प्राधिकरणले उद्योगहरूलाई विभेद गरिरहेको समेत उनले जनाकारी दिए ।
सिमेन्ट उत्पादक संघका निर्वमान अध्यक्ष धुब्र थापाले भने बिजुली आउने तालिका नै थाहा नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको तर्क व्यक्त गरे ।
आजको छलफलमा विशेष गरि डेडिकेटेड लाइन तथा ट्रंकलाईनको विषयमा समेत कुराहरु उठाइएको थियो ।
प्राधिकरणले बक्यौता भनिरहेका छ, ‘त्यो नै गलत भएको उद्योगीहरुको भनाई छ । उनीहरुको भनाई थियो, ‘जति समयको विद्युत प्रयोग गरेको हो त्यसको बिल तिरिसकको छ तर अहिले दरमा प्रश्न उठाइएको छ । लोडसेडिङको समयमा पनि विद्युत प्रयोग गरेको भए त्यसको प्रमाण आवश्यक छ प्रमाणसहित पैसा तिर्न सधै तत्पर रहेका छौं ।’