बेसाहारा भै काम गर्दै वाणिज्य सचिव कार्की !

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भित्र पस्दा देखिन्छ, मन्त्रालय ‘एग्रेसिभ’ भएर काम गर्दैछ ।

देशको उद्योग कलकारखाना पछिल्लो समय उत्साहजनक रुपमा संचालन हुन नसक्दा उद्योग मन्त्रालय ‘एग्रेसिभ’ देखिनु उचित हो । अर्थतन्त्र सुधारको लागि उद्योगधन्दाको स्थिति तंग्रिनु पर्छ ।

राज्यको आय स्रोतको रुपमा रहेको उद्योगी व्यवसायीहरुको तालुकदार निकाय पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हो ।

त्यसकारण पनि उद्योग मन्त्रालयको जिम्मेवारी ठूलो छ । उद्योग व्यवसायलाई सहि बाटोमा ल्याउनु र उनीहरु उत्पादन बढ्ने वातावरण गराइदिनु मात्रै नभइ आपूर्ति र उपभोक्ताको समेत मध्यनजर गर्नुपर्ने प्रमुख निकायमा यहि मन्त्रालय पर्छ ।

सर्वसाधारणको समेत हित हुने गरि सन्तुलन मिलाउनु यस मन्त्रालयको प्रमुख जिम्मेवारी रहन्छ । मन्त्री, सचिव र यस मन्त्रालयसँग सम्बन्धीत व्यक्तिहरुको तालमेल भने खासै मिलेको छैन । मन्त्रीको फरक धारणा , सचिवहरुको सोचाई र काम गराई पनि फरक साथै सरोकारवालाहरुको पनि आफ्ना माग तथा आकांक्षा । यसकारणले गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको काम गराई भद्रगोल नै देखिएको छ ।

यसमा रुमलिएका मुख्य व्यक्ति हुन्, सचिव गोविन्दबहादुर कार्की । कार्की आफै निकै भविष्य बोकेको सचिवमा गनिएका थिए । उनी वाणिज्य सचिव भैसकेपछि पनि अर्थसचिव नै बनाउने हो कि भन्ने बहस भएको थियो । सरल स्वभावका उनीको अहिलेको जिम्मेवारी पनि राम्रो नै मान्नि छ । उद्योग मन्त्रालयको वाणिज्य तथा आपूर्ति तर्फको सचिवको भूमिका राम्रो पनि हो ।

तर मन्त्रीको शैली र उनको काम गराइको तालमेल मिलेको छैन । जसकारण उनले यस मन्त्रालयबाट एक पटक अनौपचारिक रुपमा सरुवा समेत मागे । तर उनको मागलाई मुख्य सचिवले नै थामथुम पारे । अहिले उनी बेसाहारा रुपमा मन्त्रालयमा काम गरिरहेका छन् ।

यतिसम्म बेसाहारा की उनलाई कुनै निर्णयले घाटा गर्छ भन्ने भान हुँदा हुँदै पनि निर्णय गर्नुपरिरहेको छ । कुनै छलफलको औचित्य नै नभएको विषयमा दिनभर मन्त्रीसँग बसेर छलफल गर्न परिरहेको छ ।

मन्त्रीसँग कुनै छलफलको अघि उनी यसको औचित्य नै छैन हुजुर भन्ने गर्छन् । तर उनको कुरा भुँईमा खस्न नपाउँदै मन्त्रीले डाँकोले खाइहाल्छन् ।

त्यसपछि उनी लुरुक्क पर्छन् । अनि भन्छन् ‘हुन्छ हजुर सकेसम्म मिलाएर निर्णय गरुम्ला ।’

यस्तो अवस्था उद्योग सचिवको रुपमा रहेका कृष्णबहादुर राउतलाई पनि नभएको हैन । तर यस मन्त्रालयमा आउनु अघि उनी ठूलै समस्याबाट बचेर यहाँ आएका हुन् । त्यसकारण पनि उनी यहि मन्त्रालयमा राम्रोसँग काम देखाउनु छ र टिक्नु पनि छ ।

यी दुई सचिवलाई गर्दिन भन्दा भन्दै पनि गर्नुपरेको धेरै काम रहेको छ ।
त्यसमध्येको एक महत्वपूर्ण विषय हो गुड्खा उद्योग दर्ता हुने वित्तिकै पाईने सुपारीको कोटा ।
सुपारी लगायतका वस्तु आयात गर्ने कार्यविधि बनाइएको थियो । त्यसलाई खारेजी गरियो । अहिले कुनै उद्योग दर्ता हुने वित्तिकै आयात गर्न पाइन्छ ।

दर्ता प्रक्रिया सक्याउने केहि उद्योगलाई सुपारी आयातको कोटा समेत दिइसकिएको छ ।
तर यो गलत गरिएको विषय यी सचिवद्वयलाई थाहा पनि छ । यसरी नगारौ भनेका पनि हुन् । तर मन्त्री कड्कीए । उनीहरु बेसाहारा बने । बेसाहारा बनेर नै यो निर्णय गर्न पुगेका छन् ।

तर यो अहिले मात्रै होइन पछिसमेत अध्ययनको विषय बन्ने छ । सुपारी अन्तशुल्क लाग्ने वस्तु हो । कति परिमाणमा ल्याइएको हो , त्यसको विवरण हुन्छ नै त्यहि अनुसारको गुड्खा उत्पादन भए नभएको समेत निगरानी हुन्छ । सो अनुसारको अन्तशुल्क समेत तिरे नतिरेको यकिन हुन्छ ।

यसरी कोटा कसरी पाए । पाएको कोटा अनुसारको कर किन उठेन ? राजस्वसँग अध्ययन हुँदा सिधै निगरानीमा पर्छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा यस्ता धेरै घटना घटेका छन्, जहाँ सचिव साँच्चिकै बेसाहारा देखिएका छन् ।

प्रतिक्रिया

हेडलाइन्स